मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १९ शुक्रबार
  • Wednesday, 18 December, 2024
२o८o असोज १९ शुक्रबार o८:५७:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

अभिभावक पढाउँदै रोङ गाउँपालिका

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज १९ शुक्रबार o८:५७:oo

सामुदायिक विद्यालयका शिक्षकले कम्प्युटर जान्नैपर्ने, विद्यार्थीको खातामा प्रत्येक दिन गाउँपालिकाले एक रुपैयाँ जम्मा गरिदिने

इलामको रोङ गाउँपालिकाले सामुदायिक विद्यालयका अभिभावकलाई पढाउने भएको छ । सामुदायिक विद्यालयको शिक्षा सुधारमा शिक्षक, सरकारसँगै अभिभावक पनि उत्तिकै जिम्मेवार हुने भन्दै गाउँपालिकाले अभिभावक शिक्षा योजना ल्याएको हो ।

सामुदायिक विद्यालयका विद्यार्थीका अभिभावकलाई महिनाको एक दिन विद्यालयमै ल्याइएर पढाइने गाउँपालिकाले जनाएको छ । त्यस दिन कक्षा आठभन्दा माथिका विद्यार्थीले भने घरमा बसेर अभिभावकले गर्ने काम गर्नुपर्नेछ । ‘महिनामा एक दिन अभिभावकलाई शिक्षा सुधारमा अभिभावकको भूमिका, शिक्षाको महत्व, बाल स्याहार, बाल विकास, शिक्षा र संस्कार पढाउँछौँ,’ रोङ अध्यक्ष मणिकुमार स्याङ्बोले भने, ‘विद्यार्थीलाई त्यस दिन घरको काम लगाउँदा व्यावहारिक ज्ञान पाउँछन् । आफूलाई विद्यालय पढाउँदा बुबा–आमाले कति दुःख गर्दा रहेछन् भन्ने बुझ्छन् ।’

मणिकुमार स्याङ्बो, अध्यक्ष, रोङ गाउँपालिका
महिनामा एक दिन अभिभावकलाई शिक्षा सुधारमा अभिभावकको भूमिका, शिक्षाको महत्व, बाल स्याहार, बाल विकास, शिक्षा र संस्कार पढाउँछौँ । विद्यार्थीलाई त्यस दिन घरको काम लगाउँदा व्यावहारिक ज्ञान पाउँछन् । आफूलाई विद्यालय पढाउँदा बुबा–आमाले कति दुःख गर्दा रहेछन् भन्ने बुझ्छन् ।

अभिभावक शिक्षाको कार्यविधि बनिसकेको अध्यक्ष स्याङ्बोले बताए । चाँडै नै सहजकर्ता छनोटको प्रक्रिया अघि बढाएको उनले बताए । रोङ गाउँपालिकामा रहेका ३० वटा सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर सुधारका लागि विद्यालय शिक्षा सुधार अभियानको घोषणा गर्दै शिक्षा सुधारमा विशेष योजना बनाएर अघि बढेको उनको भनाइ छ । ‘हामीले कार्यान्वयन गर्न सक्ने योजना अघि सारेका छौँ । क्रमशः यी योजना कार्यान्वयन गरेर सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्दै देशमै नमुना विद्यालय बनाउनेछौँ,’ स्याङ्बोले नयाँ पत्रिकासँग भने । सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्न शिक्षक मात्र होइन, विद्यार्थी, अभिभावक र सरकार पनि जिम्मेवार हुनुपर्ने बताए । अभिभावकलाई जिम्मेवार बनाउन अभिभावक शिक्षा कार्यक्रम अघि सारिएको उनको भनाइ छ ।

रोङ गाउँपालिकाले शिक्षा सुधारका लागि विश्व परिवेशसँग विद्यार्थीलाई समायोजन गर्न सक्षम बनाउने गरी प्रविधिमैत्री शिक्षण सिकाइ योजनालाई अघि सारेको छ । विद्यालयमा स्मार्टबोर्ड, इन्टरनेट, आर्टिफिसियल इन्टेलिजेन्सजस्ता स्रोतको प्रयोग गरेर शिक्षण सिकाइ अघि बढाइने गाउँपालिका उपाध्यक्ष विष्णुमाया भुजेलले जानकारी दिइन् । विद्यालयलाई आत्मनिर्भर बनाउन आन्तरिक स्रोत वृद्धिको योजना उनले सुनाइन् । ‘अहिले त सानो कामका लागि पनि विद्यालयले सरकार ताक्नुपर्ने अवस्था छ । तर, आन्तरिक स्रोतको वृद्धि गर्न सके जस्तोसुकै आर्थिक संकटमा पनि विद्यालय सञ्चालनमा समस्या हुँदैन,’ उनले भनिन्, ‘विद्यालयमा सयौँ रोपनी जमिन छ । त्यहाँबाट आम्दानी लिन नसक्नु हाम्रो कमजोरी हो । सामुदायिक विद्यालयलाई श्रमसँग जोडेर दिगो आम्दानीको स्रोत बनाउनेछौँ ।’

शिक्षकलाई दक्ष बनाउन कम्प्युटर शिक्षा
रोङ गाउँपालिकाले सामुदायिक विद्यालयका शिक्षकले अनिवार्य प्राविधिक ज्ञान जान्नुपर्ने योजना अघि सारेको छ । सामुदायिक विद्यालयका सबै शिक्षकले अनिवार्य कम्प्युटर सिक्नुपर्ने गाउँपालिका अध्यक्ष स्याङ्बोले बताए । शिक्षकलाई कम्प्युटर सिक्नका लागि गत जेठमा विद्यालयलाई पत्र काटिएको थियो । साउन मसान्तको समय दिइए पनि विद्यालयहरूले थप केही महिना समय मागेको अध्यक्ष स्याङ्बोले बताए । यो अवधिमा अधिकांश शिक्षक कम्प्युटरमा दक्ष भएको उनले दाबी गरे । ‘विद्यालयका सबै शिक्षकले कम्प्युटरको ज्ञान हासिल गर्नुपछ । नयाँ प्रविधिअनुसार चल्न शिक्षकहरूले सिक्नुपर्दछ । यसका लागि गाउँपालिकाले सबै सहयोग गर्छ,’ उनले भने, ‘सरकारले विद्यालयमा दिएका धेरै प्रविधि प्रयोग गर्न जनशक्ति अभाव देखियो । त्यही भएर यो योजना ल्याउनुपरेको हो । यो योजना ल्याउँदा कोही शिक्षक निराश हुनुपर्दैन । आफूले सिकेको सीप भोलि सेवानिवृत्त हुँदा छाडेर जानुपर्दैन । जीवनभर काम लाग्छ ।’ प्रविधिको विकासँगै बैंकिङ, निजामतीलगायत क्षेत्रका कर्मचारी प्रविधिसँग जबर्जस्ता अभ्यस्त भएको र अझैसम्म शिक्षक प्रविधिसँग अभ्यस्त हुन नसकेको उनले बताए ।