१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १७:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

हुम्लामा मनाइयो अन्तर्राष्ट्रिय कोदोजन्य बाली दिवस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १७:३३:oo

हुम्लामा अन्तर्राष्ट्रिय कोदोजन्य बाली दिवस २०२३ मनाइएको छ। ‘खाद्य पोषण सुरक्षा, वातावरण तथा ग्रामीण रूपान्तरणको लागि कोदो बाली’ भन्ने नाराका साथ पहिलोपटक कोदोजन्य दिवस मनाइएको हो।

अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष २०२३ मनाउन हुम्ला पुगेका कर्णाली प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले हिजोका दिनमा लत्याइएको कोदो आज सम्मानको विषय बनेको बताए। प्रदेश सरकारको योजना र स्थानीय तहअन्तर्गत कृषि विकास कार्यालयको सहकार्यमा हुम्लामा नेपालमै पहिलोपटक कोदो दिवस मनाउन सफल भएको उनको भनाइ थियो।

हुम्ला जिल्लाले अन्तर्राष्ट्रिय कोदो दिवस मनाएर इतिहास रचेको मन्त्री शर्माले बताए। ‘कर्णालीमा खाना नपाउने, कुपोषण, ख्याउटे, पुड्का भनेर संघ संस्थाहरूले व्याख्या गरेका छन्। तर, सबैभन्दा अर्गानिक चिज र पोसिला अन्न कर्णालीमै पाइन्छ। त्यसैले कर्णालीको परिचय नबिगार्न आग्रह छ,’ उनले भने।

गैरसरकारी संस्थाहरूले आत्मनिर्भरभन्दा परनिर्भर बनाएको उनको टिप्पणी थियो। परम्परागत रैथाले बालीहरू उत्पादन गर्न छाडेर कृषकहरूको आयातीत अन्य खाद्यान्नमा मोह बढेको मन्त्री शर्माले बताए।

कार्यक्रममा चिनो, फापर, कोदो, कागुनो बाली प्रदर्शन गर्नुका साथै चिनो र चामलको खिर, फापर तथा कोदोको केक, कागुनोको बिर्यानी र सेललगायतका परिकार राखिएको थियो।

ad
ad