मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १८ बिहीबार
  • Friday, 20 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o असोज १८ बिहीबार १२:४o:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

बझाङका भूकम्पपीडितलाई राहतका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज १८ बिहीबार १२:४o:oo

बझाङमा गएको भूकम्पबाट मंगलबार भएको क्षतिको विवरण संकलन गर्दै पीडितलाई तत्काल राहत दिन माग गरिएको छ। 

कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरलगायत नेताहरूको सर्वदलीय प्रतिनिधिमण्डलले बुधबार बेलुकी प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै पीडितलाई तत्काल राहतको व्यवस्था गर्न माग गरेको हो।

भूकम्पले बझाङका तलकोट, मस्टा, खप्तडछान्ना, जयपृथ्वी नगरपालिका, सुर्मा, छबिसपाथिभेरा, दुर्गाथली, थलारा, केदारस्यु, बित्थड, बुङगलगायत पालिका तथा सुदूरपश्चिमका जिल्लामा धनजनको ठूलो क्षति भएको भन्दै समितिले सरकारको ध्यानाकर्षण गराएको हो।

एकजनाको ज्यान गएको, २१ वटा सामुदायिक भवन, अधिकांश सामुदायिक विद्यालय र हजारौँको संख्यामा निजी व्यक्तिका घर भत्किएकाले जनता सकसपूर्ण जीवन बिताउन बाध्य रहेको अवस्थामा सरकारले राहत प्रदान गर्नुपर्ने कांग्रेस नेता महरले बताए।

महरसँगै प्रतिनिधिसभा सदस्य एवं बझाङ, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति भानुभक्त जोशी, अछामबाट प्रतिनिधिसभा सदस्य शेरबहादुर कुँवर, अछामबाटै प्रतिनिधिसभा सदस्य पुष्पबहादुर शाह, संविधानसभा सदस्य धर्मराज विश्वकर्मा, दुर्गाथली गाउँपालिका बझाङका अध्यक्ष दिलबहादुर थापा, नेपाली कांग्रेस बझाङका नेता सत्यराज भण्डारी, बझाङकै कांग्रेस नेता नन्दकृष्ण जोशी उपस्थित थिए।

त्यस्तै, कांग्रेस बझाङकै नेता रमेशबहादुर भण्डारी, सुदूरपश्चिम काठमाडौं माओवादी केन्द्र इन्चार्ज पदम जोशी, कांग्रेस नेता पुष्कलबहादुर बोहरा, नेकपा एसका नेता दीपकबहादुर बोहाेरा, कांग्रेस बझाङका नेता शेरबहादुर खड्का, बझाङका वीरबहादुर गर्धामी, धर्मबहादुर महर, नविककुमार बम्म, वकिलकुमार गर्धामी, अनिल गुर्धामीको सहभागिता थियो।

नेपाल तरुण दलका केन्द्रीय सदस्य जनक चटौत, इन्जिनियर गोरखराज जोशी, ज्ञानबहादुर बोहाेरा, इन्जिनियर विजय खाती, नवीन गिरी, प्रेमराज जोशी, कमल थापा, रोशन रावल, सन्देश थापा, धनप्रसाद जोशी, केशव पुरी, केदार कार्की, सुप्रभात भण्डारी, बन्द्रीप्रसाद सञ्जेल, रामचन्द्र सुवेदी र सुष्मा सिटौलाको सहभागिता रहेको थियो।

प्रतिनिधिमण्डलसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले आफू स्थलगत निरीक्षणमा जाने र १८ गते नै राहत र उद्धारका लागि बैठक डाकिएको बताए।