![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/urmila2023-10-05-11-34-56.gif)
राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्याल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ । तिब्बतमा भइरहेको सिजाङ ट्रान्स हिमालय फोरम फर इन्टरनेसनल को अपरेसनमा उपाध्यक्ष अर्याल र विदेशमन्त्री वाङबीच भेटवार्ता भएको हो ।
भेटवार्तामा नेपाल–तिब्बत सम्बन्धका साथै हालसालै प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा भएका सम्झौता र बिआरआई परियोजनालगायतका विषयमा कुराकानी भएको उपाध्यक्ष अर्यालले बताएकी छिन् । उनले भनिन् , ‘हामीले नेपालीको तर्फबाट धेरै विषयमा कुरा राखेका छौँ, परराष्ट्रमन्त्रीको तर्फबाट सकारात्मक प्रतिक्रिया आएको छ । तर, उपलब्धिको विषयमा उनीहरूको प्रतिक्रिया कुर्नुपर्ने हुन्छ ।’
यसबाहेक कार्यक्रममा उपाध्यक्ष अर्यालले स्पिचनोटमा चीन र नेपालको उच्चस्तरीय भ्रमणका उपलब्धिका साथै कोभिडको समयमा चीनले नेपाललाई गरेको सहयोगका लागि धन्यवाद दिएकी छिन् ।
नेपालको तर्फबाट चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ, तिब्बतका लागि नेपाली महावाणिज्यदूत नवराज ढकालसहितको उपस्थिति रहेको थियो।