१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १७ बुधबार
  • Friday, 09 May, 2025
२o८o असोज १७ बुधबार १४:३७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ट्रकले म्याजिकलाई ठक्कर दिँदा नौजना घाइते, तीनको अवस्था गम्भीर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज १७ बुधबार १४:३७:oo

मकवानपुरको हेटौँडा उपमहानगरपालिका- १९ सान्नानीटारमा ट्रकले म्याजिकलाई ठक्कर दिँदा नौजना घाइते भएका छन्। घाइतेमध्ये तीनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

मकवानपुर प्रहरी प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत सान्ननीटारमा मनहरीबाट हेटौँडातर्फ आउँदै गरेको ना.१ज ३१६७ नम्बरको म्याजिकलाई सोही दिशाबाट आएको ना.५ख ९६८४ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिँदा उक्त घटना भएको हो।

सडककिनारमा रोकी यात्री चढाइरहेको अवस्थामा म्याजिकलाई ट्रकले ठक्कर दिएको प्रवक्ता भण्डारीले जानकारी दिए। 

प्रहरीमा अनुसार घटनामा घाइते भएका हेटौँडा– ११ थानाभर्‍याङका ३६ वर्षका विमल पुलामीमगर, हेटौँडा– १९ नेवारपानीका लोकबहादुर मोक्तानकी दुई वर्षकी छोरी कुश्मी मोक्तान र सोही स्थानकी ५६ वर्षकी ठुलीमाया बम्जनको अवस्था गम्भीर छ।

गम्भीर घाइते कुश्मी मोक्तान र ठुलीमाया बम्जनलाई उपचारका लागि चितवन र बाँकी सातजनालाई उपचारका लागि हेटौँडा अस्पताल ल्याइएको प्रवक्ता भण्डारीले जानकारी दिए।