१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १७ बुधबार
  • Sunday, 22 September, 2024
२o८o असोज १७ बुधबार १o:१३:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

१९औँ एसियाड : कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज १७ बुधबार १o:१३:oo

१९औँ एसियन खेलकुद प्रतियोगिता (एसियाड)मा नेपाललाई कबड्डीमा कम्तीमा कांस्य पदक पक्का भएको छ । प्रतियोतिगाअन्तर्गत बुधबार साबिकको स्वर्ण पदक विजेता इरानले बंगलादेशलाई समूह चरणमा हराएसँगै नेपालको पदक निश्चित भएको हो । इरानले एकपक्षीय खेलमा बंगलादेशलाई ५४–१६ ले पाखा लगायो ।

यस समूह ‘बी’मा नेपाल, इरान र बंगलादेश छन् । इरान समूहविजेता र नेपाल उपविजेता हुँदै सेमिफाइनलमा पुगेका हुन् । बंगलादेशले इरानलाई हराएपछि नेपाल अन्तिम चारमा पुगेको हो । प्रतियोगिताको नियमअनुसार कबड्डीमा सेमिफाइलनमा पुग्ने टोलीकाे पदक निश्चित हुन्छ । सेमिफाइनलबाट दुई टोली फाइनलमा पुग्नेछन् । उनीहरू स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछन् ।

सेमिफाइनलमा सीमित भएका दुई टोलीलाई संयुक्त रूपमा कांस्य पदक प्रदान गरिनेछ । सेमिफाइनलको ड्र निस्किएको छैन । नेपालले समूह ‘ए’को विजेतासँग खेल्नेछ । समूह ‘ए’ मा भारत, चाइनिज ताइपेई, दक्षिण कोरिया र थाइल्यान्ड छन् । 

नेपालले सेमिफाइनल चरण पार गरे स्वर्णका लागि भिड्नेछ । सेमिफाइनलमै सीमित भए नेपालले कांस्य पदक जित्नेछ । पहिलो खेलमा नेपालले बंगलादेशलाई ३७–२४ पराजित गरेको थियो। दोस्रो खेलमा इरानले नेपालमाथि ४३–१९ ले जित हात पारेको थियो । एक खेल जितेको नेपाल उपविजेता बन्दै अन्तिम चारमा पुगेको हो । बंगलादेश दुईवटै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।