१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २४ सोमबार ११:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

उच्च रक्तचाप नियन्त्रण गर्न...

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार ११:o५:oo

‘मदिरा सेवन पनि गर्दिनँ, तर उच्च रक्तचाप छ,’ हिजोआज धेरैले यस्ता गुनासो गर्छन्, ‘मासु पनि धेरै खाँदिनँ, तर प्रेसर बढिरहेको छ ।’ उच्च रक्तचाप दुईथरी हुन्छन् । कारणसहितका र कारण थाहा नभई बढ्ने अवस्था । जेनेटिकल फ्याक्टर, हर्मनल फ्याक्टर, भास्कुलर, मिर्गाैलालगायत विभिन्न कारणले रक्तचाप बढाइरहेको हुन्छ । अर्कोतर्फ, कतिपयमा कारण नै थाहा नभई प्रेसर बढिरहेको हुन्छ । 

प्रेसर बढ्दै जाँदा शरीरका विभिन्न अंगमा असर पुर्‍याउँछ । मिर्गाैला, आँखा, नसा, मुटुसम्बन्धी समस्या निम्तिन सक्छ । त्यसैले नियन्त्रण गर्नु आवश्यक हुन्छ । प्रेसरले प्यारालाइसिस पनि गराउन सक्छ । आँखाको ज्योति नै गुम्न सक्छ । यस्ता जटिल समस्याबाट बच्न प्रेसर नियन्त्रणमा राख्नुपर्छ । 

नियन्त्रणका लागि चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्नुपर्छ । औषधि सेवन गर्दा अंगहरू ड्यामेजबाट बच्न सकिन्छ । 

जीवनशैली परिवर्तन गर्नुपर्छ । यसले गर्दा उच्च रक्तचाप नियन्त्रण गर्न सकिन्छ । स्वस्थकर खानेकुरा खानुपर्छ । शरीरको तौल घटाउनुपर्छ । नियमित व्यायाम गर्नुपर्छ । नुनको मात्रा कम गर्ने । खानेकुरामा चिल्लो कम गर्ने । जीवनशैली परिवर्तन गरेर पनि नियन्त्रण गर्न सकिन्छ । तनावले प्रेसर बढाउने भएकाले अनावश्यक तनाव लिनुहुँदैन । 

ad
ad