2023-10-02-11-30-14.jpeg)
केएमसी अस्पतालमा कार्यरत इन्टर्न डाक्टर मनीष खड्कामाथि कुटपिट भएपछि सिनामंगल क्षेत्र आज पनि तनावग्रस्त बनेकाे छ।
आज बिहानैदेखि वार कि पार, अति भयाे अत्याचार, सुरक्षाविना सेवामा नफर्किने भन्दै सडकमा आएर स्वास्थ्यकर्मीले प्रदर्शन गरिरहेका छन्। आइतबार दिउँसो उपचारका लागि ओपिडी कक्षमा आएका बिरामीका आफन्तले डाक्टर खड्कामाथि आक्रमण गरेको थिए।
कुटपिटपछि चिकित्सक अस्पतालबाहिर सडक आएर प्रदर्शन गरेका थिए। डाक्टरमाथि कुटपिट गर्ने गुल्मी घर भई हाल काठमाडौं बस्ने रूपक गौतम र सरोज गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
शनिबार मात्रै आन्दोलनरत चिकित्सक र सरकारबीच ६ बुँदे सहमति भएको थियो। सहमतिपछि उनीहरूले आन्दोलनका कार्यक्रम फिर्ता लिएका थिए।
तस्बिरहरू: