मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १५ सोमबार
  • Thursday, 19 December, 2024
२o८o असोज १५ सोमबार १o:४२:oo
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

हातको सौन्दर्य बढाउने नेल आर्ट

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज १५ सोमबार १o:४२:oo

हिजोआज नेल आर्ट गर्ने फेसन छ । नेल आर्टिस्टहरूको संख्या पनि बढ्दो छ । हातमा सीप भए बेरोजगार बस्नुपर्दैन भन्ने सोचका साथ धेरैले यो कला सिकिरहेका छन् । सीप सिकेर विदेश जाने सोचले पनि महिलाहरूले नेल आर्ट सिक्न थालेको पाइन्छ । 

आफ्नो नङलाई कसरी स्वस्थ राख्ने, सुन्दरता कसरी ल्याउने भन्ने चासोले पनि महिलाहरूको रुचि यसमा बढ्दो छ । ए नेल आर्टकी सञ्चालक आशा चित्रकार आत्मनिर्भर बन्न सकिने भएकाले पनि धेरैले नेल आर्टमा भविष्य खोजिरहेको बताउँछिन् । नयाँ पुस्ताले सौन्दर्यका लागि पनि नेल आर्ट सिक्न आएको उनको भनाइ छ । चित्रकार भन्छिन्, ‘हामीकहाँ नेल आर्ट सिकेर विदेश जाने विद्यार्थी धेरै हुनुहुन्छ । कतिपयले नेपालमै पार्लर खोलेर बसेका छन् । नेल आर्ट एउटा कला हो । सिकेर पनि खेर जाँदैन ।’

नेल आर्ट महिलालाई सक्षम बनाउने महत्वपूर्ण सीप रहेको उनी बताउँछिन् । ‘नेल आर्ट सिकेर नेपालमै व्यवसाय पनि गरेका छन् । कतिपय पुरुषले पनि सिकिरहेका छन् । तर, ९९ प्रतिशत महिलाले नै सिकिरहेका हुन्छन् । यसले महिला महिला सशक्तीकरणमा पनि सहयोग पुर्‍याउँछ । मेकअप र हेयरभन्दा अहिले नेल आर्ट ट्रेन्डिङमा छ,’ उनले भनिन् । 

सौन्दर्यविद् कमला श्रेष्ठ वैदेशिक रोजगारीमा जाने महिलाले नेल आर्ट सिकेर जाँदा सजिलै जागिर पाइने भएकाले यो सीपप्रति आकर्षण बढ्न थालेको बताउँछिन् । उनी भन्छिन्, ‘विदेशमा नेल आर्ट निकै चर्चित छ । यो सीप सिकेर गएपछि हात खाली बस्नुपर्दैन । काम गर्न होस् वा अध्ययनका लागि, यो पार्ट टाइम काम गर्न र तत्कालीन जागिर पाइन्छ । खाडी मुलुकदेखि युरोप अमेरिकामा पनि नेल आर्ट सिकेर गयो भने काम पाइन्छ भन्ने धेरैले सोच्न थालेका छन् ।’ यो सीप सिक्न कुनै शैक्षिक योग्यता जरुरी हुँदैन । शैक्षिक योग्यताविना नै सीप आर्जन गर्न सकिन्छ । रुचि हुने र सिर्जनात्मक क्षमता भएकाले नेल आर्ट सिक्न पाउँछन् । 

नेल आर्टको कोर्स बेसिक, डिप्लोमा, मास्टर्स, स्पेसल र प्याकेज गरी सञ्चालन गरिएको हुन्छ । बेसिक १० दिनमा सिकिन्छ, डिप्लोमा एक महिना लाग्छ । कतिपयलाई पूर्ण रूपमा नसिकेसम्म पनि सिकाइन्छ । मास्टर्सचाहिँ दुई महिनाको कोर्स हुन्छ । विद्यार्थी हरेर पनि सिकाइन्छ । कतिपयलाई तीन महिना पनि लाग्छ । विद्यार्थीदेखि गृहिणीहरूले पनि नेल आर्ट सिकिरहेका छन् । 

ध्यान राखौँ 

  • नेलपोलिसले पोल्ने, एलर्जी हुने, नङ सुन्निनेजस्ता समस्या पनि कतिपयमा देखिन्छ । यस्ता मानिसले नेल आर्ट तथा नेल पेन्ट नगर्दा नै राम्रो हुन्छ । मुख्य कुरा, तपाईंको नङ स्वस्थ र सफा राख्नुपर्छ । त्यसपछि मात्रै यसलाई आकर्षक बनाउने हो । 
  • कमसल र कडा केमिकलयुक्त नेलपोलिस प्रयोग गर्नुहुँदैन । नेल आर्ट गरिसकेपछि यसलाई धेरै दिनसम्म राखिरहन पनि हुँदैन । पोलिस लगाएको भोलिपल्टै नेल रिमुभरले यसलाई सफा गर्नुपर्छ । लामो समयसम्म नेलपोलिस सफा नगर्दा नङ सुन्निने, फुल्ने कालो हुनेजस्ता समस्या  देखिन सक्छ ।