मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १२ शुक्रबार
  • Wednesday, 19 February, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o असोज १२ शुक्रबार १४:o७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जागरण अभियान सञ्चालन गर्दै एकीकृत समाजवादी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज १२ शुक्रबार १४:o७:oo

नेकपा एकीकृत समाजवादीले यही असोज १४ गतेदेखि समाजवादी जागरण अभियान २०८० सञ्चालन गर्ने भएको छ।

असोज १४ गते झापाको काँकडभिट्टास्थित मेची नदीबाट बिहान ९ बजेदेखि सुरु हुने उक्त अभियान असोज २९ गते सुर्खेत पुगेर सभा गरी सम्पन्न हुने सो पार्टीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। 

उनका अनुसार अभियानका क्रममा ठाउँठाउँमा साना–ठूला सभा गर्ने र आफ्ना एजेन्डा जनतालाई सुनाउने तथा समृद्धि र समाजवादको आजको कार्यक्रम के हुन सक्छ भनेर बताउने तथा जनताको सुझाव लिएर अझ स्पष्टताका साथ आउन पहलकदमी गर्नेसम्मका रहेका छन्। 

उक्त अभियानले सुशासन, रोजगारी, समृद्धि, त्यसभित्रका महत्वपूर्ण कृषि क्रान्ति, सीमारक्षा, किसानले उत्पादन गरेको वस्तु सरकारले खरिद गर्नुपर्ने, कृषि मूल्य निर्धारण गर्नुपर्ने, किसानले आफूले उत्पादन गरेका सामान सरकारले किनेर बचत गर्ने परिस्थिति निर्माण गर्नुपर्ने तथा आत्मनिर्भर नेपाल बनाउने सन्देश दिने प्रवक्ता खतिवडाले बताए। 

एकीकृत समाजवादीले आगामी माघ १४ देखि १८ गतेसम्म महाधिवेशन गर्ने तय गरेको छ।