मोहम्मद जन्मजयन्तीका अवसरमा मधेश प्रदेश सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद सल्लाहुवलैहेवुलमको जन्मजन्यती अर्थात् ‘मोहम्मद डे’का अवसरमा बिदा दिइएको प्रदेशको गृह तथा सञ्चार मन्त्रालयले जनाएको छ ।
इस्लाम धर्मका अन्तिम पैगम्बरका रूपमा हजरत मोहम्मदको जन्म इसापूर्व ५७१ अर्थात् इस्लामिक तिथिअनुसार १२ रविउल्लऔएलका दिन साउदीको मक्कामा भएको थियो । मोहम्मद डेमा मुस्लिम समुदायले मिलाद, फातिहा, कुरयानखानी तथा व्रत बस्ने गर्छन् ।