मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज ८ सोमबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o असोज ८ सोमबार १o:o६:oo
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

मानसिक समस्या नियन्त्रण कसरी ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o असोज ८ सोमबार १o:o६:oo

मानव मस्तिष्कले गर्ने विभिन्न कार्य बोली, चेतना, भावना, विचार, स्मृति, स्मरणशक्ति आदि कार्यमा गडबडी हुनु मानसिक समस्या भन्ने बुझ्नुपर्छ । मानसिक समस्या जुनसुकै उमेरसमूहका मान्छेलाई हुन्छ । बालबालिका, वयस्क, वृद्धवृद्धा सबैलाई हुन्छ । यो दीर्घकालीन समस्या पनि हो । यो रोग लागेपछि छिटै निको हुँदैन । जसले गर्दा यस्तो रोग लागेका मान्छेको दैनिकीमा ठूलो असर गरिरहेको हुन्छ । 

हेर्दा स्वस्थ मान्छेजस्तो देखिए पनि मानसिक सन्तुलन ठीक हुँदैन । मानसिक समस्या विभिन्न प्रकारका हुन्छन् । डिप्रेसन, एन्जाइटी डिसअर्डर, निद्रासम्बन्धी रोग, मानसिक असन्तुलनलगायत मानसिक समस्या नेपालमा धेरैजसोमा देखिने गरेका छन् । 

रोगका कारण

  • वंशानुगत गुणबाट कतिपयमा मानसिक समस्या देखिन्छ । बाबुु–आमा, बाजेमा मानसिक समस्या देखा परेमा सन्तानमा पनि यसको असर देखा पर्न सक्छ । 
  • हाम्रो शरीरमा न्युरो केमिकल असन्तुलन भएर पनि मानसिक समस्या हुन्छ । 
  • व्यक्तित्वले गर्दा पनि हुन्छ । कुनै पनि तनावलाई यसले कसरी डिल गर्छ भन्ने महत्वपूर्ण हुन्छ । मानसिक असन्तुलन भएका व्यक्तिमा अत्यधिक रिसाउने, अनावश्यक शंका गर्ने, घमण्ड गर्ने, ठूलो स्वरमा बोल्ने समस्या हुन्छ । 
  • आर्थिक तथा पारिवारिक वातावरण पनि मानसिक समस्याको कारण हो । परिवारमा झैझगडा तथा कलहका कारण तनाव भइरहने भएमा बच्चामा यसको नकारात्मक असर पर्छ । बिस्तारै उनीहरूमा विभिन्न किसिमको मानसिक रोग हुने जोखिम रहन्छ ।
  • धेरै सोच्ने, अनावश्यक तनाव लिने मानिसमा यसको असर देखिन्छ । मद्यपान अत्यधिक गर्ने, सामाजिक परिवेशले समेत मानसिक असर गरिरहेको हुन्छ । 

डिप्रेसन :  मानसिक रोगको कारण डिप्रेसन पनि हो । जीवनमा केही गर्न सकिएन भनेर आत्मबल कम बनाउँछन् । जसले गर्दा कतिपय बिरामी शारीरिक लक्षण लिएर आएका हुन्छन् । टाउको ठोक्ने, पेट दुख्ने, शरीर कमजोर महसुस हुने, खानामा रुचि नहुनेजस्ता लक्षण लिएर आएका हुन्छन् । असामान्य व्यवहार गर्ने, झर्किने, नकारात्मक सोच बढी आउने, दिमागले राम्रोसँग काम गर्न नसकेको जस्तो लाग्ने, काममा मन नलाग्ने आदि डिप्रेसनका लक्षण हुन्छ । डिप्रेसन बढ्दै गयो भने आत्महत्या गर्ने सोचाइसम्म आउने, आफ्नो ख्याल राख्न छाड्ने वा कुनै कुरामा ध्यान नदिनेजस्ता लक्षण पनि देखिन्छ । दुई हप्ता यस्तो लक्षण देखियो भने डिप्रेसनको लक्षण हो । 

एन्जाइटी :  एन्जाइटी धेरै कारणले हुन्छ । एन्जाइटी भएको मान्छेलाई डर–त्रास धेरै हुन्छ । एन्जाइटीका बिरामीमा सास फेर्न गाह्रो हुने, पसिना आउने, डर लाग्ने, तर्सिने, विनाकारण झस्किने, जिउमा कम्पन हुनेजस्ता लक्षण हुन्छ । निद्रा नलाग्ने, छटपटी हुने, कामको वेलामा विभिन्न खालका डर महसुस हुने गर्छ । कुनै सानो कारणलाई निराकरण गर्न नसक्दा त्यही कारणले डराउँछ भने उसलाई एन्जाइटी हुन्छ । 

मानसिक असन्तुलन :  मानसिक असन्तुलन कडा खालको मानसिक रोग हो । मानसिक असन्तुलन भएका व्यक्ति ठूलो स्वरमा बोल्ने, अत्यधिक रिसाउने, तोडफोड गर्ने, अनावश्यक शंका गर्ने र उत्तेजित हुने हुन्छन् । आफूलाई मानसिक रोग लागेको वास्तविकता बिरामीलाई थाहा नहुन सक्छ ।

रोकथाम र उपचार

  • मानसिक रोग लाग्ने प्रमुख कारण तनाव व्यवस्थापन गर्न नसकेर हो । यसर्थ, तनावबाट टाढा रहने, सकारात्मक विचार, स्वस्थ जीवनशैली अपनाउने,
  • शारीरिक व्यायाम गर्ने,
  • कुलतमा नलाग्ने गरेमा दिमागमा पर्ने असरबाट बच्न सकिन्छ । 
  • खानपानमा ध्यान दिनुपर्छ ।
  • स्वस्थ तथा पोषणयुक्त आहार लिनुपर्छ । सधैँ सकारात्मक सोच्नुपर्छ । समयमै सुत्ने र समयमै उठ्ने गर्नुपर्छ । 
  • मानसिक रोगका लक्षण देखा परेमा चिकित्सकसँग सल्लाह लिन आवश्यक हुन्छ । रोग प्रारम्भिक चरणमै भएमा सामान्य परामर्शबाटै उपचार सम्भव छ । चिकित्सकले बाइलोजिकल वा साइकोलोजिकल कारण बुझेर आवश्यक औषधि दिनुपर्छ । 
  • औषधि सेवन, विद्युतीय चिकित्सा पद्धतिलगायत अन्य किसिमबाट पनि उपचार गर्नुपर्ने हुन्छ ।