१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज ७ आइतबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o असोज ७ आइतबार १५:५६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जाँचबुझ आयोगको टिओआरमा सत्तापक्षकाे तीनबुँदे प्रस्ताव, पौडेल र बर्तौला पुगे बालकोट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज ७ आइतबार १५:५६:oo

सुन तस्करी प्रकरणमा गठन गर्ने भनिएको उच्चस्तरीय जाँचबुझ आयोगको टिओआरमा सत्तापक्षले तीनबुँदे प्रस्ताव पेस गरेको छ। आइतबार जाँचबुझ आयोगबारे गृह मन्त्रालयमा भएको छलफलमा सत्तापक्षले तीनबुँदे प्रस्ताव राखेको हो।  

सत्तापक्षले राखेको तीनबुँदे प्रस्तावमा कानुन परिमार्जन गर्ने भए सुझाव पेस गर्ने, संरचना परिवर्तनका लागि सुझाव पेस गर्ने तथा सिआइबीको प्रतिवेदन अध्ययन गर्ने विषय समावेश छन्। 

सत्तापक्षले राखेको प्रस्ताव बोकेर एमाले उपाध्यक्ष विष्णु पौडेल र सचेतक महेश बर्तौला अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट पगेका छन्। बर्तौलाले सत्तापक्षको प्रस्तावमा नेतृत्वसँग छलफल गर्न लागेको जानकारी दिए। 

आज बिहान मात्रै सचेतक बर्तौलाले राजनीतिक सहमतिप्रति सरकारबाट ठूलो धोका भएको आरोप लगाएका थिए। उनले सुन तस्करी सम्बन्धमा अनुसन्धान गर्न ५ असोजमा उच्चस्तरीय जाँचबुझ आयोग निर्माण गरी कार्य प्रारम्भ गर्ने सरकार र दलहरूबीच सहमतिअनुसार कार्यान्वयन गर्न सरकार तयार नभएको बताएका थिए।