Skip This
घरमै आकर्षक शरीर बनाउन ‘ब्याटल रोप’
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज ४ बिहीबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o असोज ४ बिहीबार १o:o८:oo
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

घरमै आकर्षक शरीर बनाउन ‘ब्याटल रोप’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o असोज ४ बिहीबार १o:o८:oo

हिजोआज घरमै विभिन्न उपकरण राखेर व्यायाम गर्ने चलन बढ्दै गएको छ । घरमा बसेर गर्न सकिने व्यायामका धेरै स्वरूप छन् । त्यसमध्ये ‘ब्याटल रोप’ एक हो । यसका लागि जिम सेन्टर गइरहनुपर्दैन । व्यस्त जीवनशैली हुनेहरूका लागि यो व्यायाम उपयुक्त छ ।

ब्याटल रोप के हो ?
३० देखि ५० फिट लामा र दुई इन्च चौडा दुईवटा डोरीको सहायताले अभ्यास गरिन्छ । कुनै खुला स्पेसमा फलामको बलियो खम्बा गाडेर त्यसमा यी डोरीलाई बाँध्न सकिन्छ । वा, घरको भित्तामा बलियो गरी किला ठोकेर पनि बाँध्न सकिन्छ । त्यसरी डोरीलाई दुवै हातले एकैपटक समात्ने गर्नुपर्छ र चलाउन थाल्नुपर्छ । व्यायामको समय अगाडि फर्किएर हल्का झुक्नुहोस् । तर, पछाडि फर्किएर झुक्नुहुँदैन । कुर्कुच्चामा भार नपर्ने गरी घुँडालाई मोड्नुपर्छ । 

तपाईंले २० देखि ४० सेकेन्डसम्म व्यायाम गरेपछि २० देखि अधिकतम ६० सेकेन्डसम्म आराम गर्न सक्नुहुन्छ । यसरी कसरत गर्दै र आराम गर्दै १० देखि ३० मिनेटसम्म अभ्यास गर्दा राम्रो हुन्छ । डोरीलाई धेरै बलियो गरी तान्नुहुँदैन । ब्याटल रोप गर्ने १० देखि १२ वटा विभिन्न तरिका छन् । तपाईंले आफूलाई सहज लाग्ने तरिका अपनाउँदा हुन्छ ।

यसको लागि प्रशिक्षकसँग परामर्श गर्न सक्नुहुन्छ । तर, सामान्यतः १० देखि १२ तरिकाबाट गर्दा पुग्छ । शरीरको तौल घटाउनका लागि निकै प्रभावकारी मानिने यो अभ्यासलाई हाई इन्टेसिटी ट्रेनिङको रूपमा पनि लिइन्छ । यो अभ्यास गर्दा प्रतिमिनेट १० क्यालोरिसम्म बर्न गर्न सकिन्छ । यो ‘एक्सरसाइज’ले शरीरका मांसपेशी अलग–अलग तरिकाले सक्रिय भएका हुन्छन् । 

फाइदा 
मानिसले उमेर र स्वास्थ्य क्षमताका आधारमा ‘ब्याटल रोप’ गर्दा थुप्रै फाइदा छन् । यो एक्सरसाइज सबैले गर्न सक्छन् भन्ने हुँदैन । किनभने, यसका लागि निकै ठूलो ऊर्जा चाहिन्छ ।

मांसपेशी बलियो बनाउँछ
यो एक्सरसाइजले फ्याट बर्नसँगै मांसपेशीलाई बलियो बनाउँछ । काँध वा बाइसेप्सको आसपास फ्याट घटाउँदै शरीरलाई फिट राख्न सहयोग गर्छ ।