मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o असोज ३ बुधबार
  • Wednesday, 02 September, 2026
नयाँ पत्रिका काठमाडाैं
२o८o असोज ३ बुधबार १७:४२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

शिक्षकका न्यायोचित माग सम्बोधन गरिनुपर्छ : महामन्त्री शर्मा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o असोज ३ बुधबार १७:४२:oo

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले शिक्षकले उठाएका न्यायोचित माग सम्बोधन गरिनुपर्ने बताएका छन्। 

महामन्त्री शर्माले बुधबार सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै शिक्षकले उठाएका न्यायोचित माग पूरा गर्दै वर्षौंपछि निर्माण हुँदै गरेको संघीय शिक्षा ऎनमार्फत वर्षौंदेखि अल्झिएका समस्याको हल खोज्नैपर्ने बताएका हुन्। 

‘हामी लोकतान्त्रिक राज्य प्रणालीमा छौँ, एक व्यक्ति मात्रको आवाज पनि सुन्ने कर्तव्य राज्यको हुन्छ भने लोकतान्त्रिक राज्यले लाखौँ शिक्षकको आवाज सुन्न र भावना बुझ्न ढिलाइ गर्नुहुन्न,’ उनले लेखेका छन्, प्रत्येक शिक्षकको आत्मसम्मान अभिवृद्धि गर्ने र गराउने कर्तव्य राज्यको हो भने प्रत्येक विद्यार्थीको शैक्षिक भविष्यमा नकारात्मक असर पर्न नदिने अभिभावकत्व शिक्षकको प्रधान दायित्व हो।’   

विद्यालय शिक्षा विधेयकविरुद्ध आजदेखि शिक्षकले आन्दाेलन थालेका छन्।