१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज २ मंगलबार
  • Sunday, 29 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o असोज २ मंगलबार ११:१३:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

हिमाल हेर्न आमा याङ्ग्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o असोज २ मंगलबार ११:१३:oo

नयाँ–नयाँ ठाउँ घुम्दा मस्तिष्कमा नयाँ सोच आउँछन् । तपाईंको शरीरलाई स्वस्थ राख्न पनि पदयात्रा जरुरी छ । हरियाली हेर्दै, चराचुरुंगीको सुमधुर आवाज सुन्दै हिँड्न तथा सुन्दर दृश्यहरू हेर्न मानिस लालायित हुन्छन् । भागदौडको दैनिकीबाट केही समयका लागि छुटकारा दिनका लागि पनि यो जरुरी छ ।

आमा याङ्ग्री धार्मिक र पर्यटकीय दुवै दृष्टिकोणले महत्वपूर्ण गन्तव्य हो । ३,७७१ मिटर उचाइमा रहेको यो पिक काठमाडौंबाट झन्डै ९० किलोमिटर उत्तर–पश्चिम दिशामा पर्छ । आमा याङ्ग्री ट्रेकलाई मनमोहक पदयात्राको रूपमा लिइन्छ । 

यहाँबाट लाङटाङ हिमशृंखला, जुगल हिमशृंखला, गौरीशंकर हिमशृंखला, दोर्जे लाक्पा, गणेश हिमाल, ग्याल्जेन पिक, याङ्ग्री हिमाल, भेमाथाङ हिमाल, गान्छेन्पो हिमाललगायतका दुई दर्जनभन्दा बढी हिमालको मनमोहक दृश्यावलोकन गर्न सकिन्छ । पदयात्रामा पर्यटकले ह्योल्मो कला–संस्कृति, भाषा, भेषभूषा र रहनसहनको पनि अवलोकन गर्न पाइन्छ । 

हेलम्बु प्राकृतिक र भौगोलिक रूपमा आकर्षक र नजिकको सजिलो पदयात्रा हो । यसका अतिरिक्त धार्मिक महत्व बोकेका प्राचीन गुम्बा, स्तुपा, मनमोहक झरना र विभिन्न वनजंगल पनि अवलोकन गर्न सकिन्छ । हेलम्बु भेगमा पल्चोकी भगवती माई पनि ठूलो धार्मिक आस्था रहेको स्थल हो । आमा याङ्ग्री हेलम्बु हेरिटेज ट्रेल (तल्लो हेलम्बु ट्रेक), माथिल्लो हेलम्बु ट्रेक र गन्जला पास ट्रेकको रुटमा पनि पर्दछ । नयाँखाङ हिमाल (गन्जला चुली), आमा बाङरिमा आरोहण गर्न जाँदा पनि यही बाटो हुँदै जान सकिन्छ ।