१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज २ मंगलबार
  • Saturday, 29 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o असोज २ मंगलबार १o:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

एनसेलको ‘हरेक दिन सरप्राइज सबैलाई स्योर प्राइज’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज २ मंगलबार १o:४२:oo

एनसेलको १८औँ वार्षिकोत्सवको अवसरमा प्रत्येक ग्राहकले अब लगातार २८ दिनसम्म हरेक दिन स्योर प्राइज गिफ्ट पाउने भएका छन् । साथै, साप्ताहिक रूपमा बोनस ब्यालेन्स र बम्पर पुरस्कारको रूपमा स्कुटर पनि प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

ग्राहकलाई प्रदान गरिने उपहारहरूमा निःशुल्क डिजिटल सेवा सदस्यता, एनसेल नेटवर्कमा फोन, एसएमएसका साथै डेटा चलाउन मिल्ने ब्यालेन्स, डेटा, एनसेल अन नेट टक टाइम र एसएमएस रहेका छन् । स्योर प्राइज उपहारस्वरूप प्राप्त हुने सेवा–सुविधा २४ घन्टाका लागि मान्य रहन्छ ।

२८ दिनसम्म सञ्चालनमा रहने यस योजना अवधिमा एक हजारजना ग्राहकले हरेक हप्ता सरप्राइजस्वरूप सयको बोनस ब्यालेन्स प्राप्त गर्नेछन् । योजनाको अन्त्यमा सातजनाले बम्पर पुरस्कारका रूपमा एक–एकवटा स्कुटर जित्नेछन् ।साप्ताहिक र बम्पर पुरस्कारहरू प्राप्त गर्नका लागि ग्राहकले हप्तामा कम्तीमा एकपटक एस्ट्रिक्स१७११७ह्यास डायल गरेको हुनुपर्छ । 

ad
ad
ad
ad