मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १३ बुधबार
  • Wednesday, 29 November, 2023
२०८० असोज १ सोमबार ११:०३:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

धनगढीमा निर्माण सामग्री प्रदर्शनी मेला हुँदै

Read Time : < 1 मिनेट
२०८० असोज १ सोमबार ११:०३:००

कैलालीको धनगढीमा निर्माण सामग्री तथा हार्डवेयर प्रदर्शनी मेला हुने भएको छ । कैलाली हार्डवेयर व्यवसायी संघको आयोजनामा १० असोजदेखि १४ सम्म धनगढीको चटकपुरमा मेला हुन लागेको हो ।

प्रदर्शनीमा निर्माण सामग्री तथा हार्डवेयर कम्पनीका ५५ वटा स्टल रहने निर्माण व्यवसायी संघ कैलालीका अध्यक्ष कुबेर साहीले जानकारी दिए । ‘संरचना निर्माणका लागि चाहिने सबै सामग्रीहरू प्रदर्शनमा राखिनेछन् । ग्राहकले ती सामानको गुणस्तर र मूल्यको तुलना गरेर आफूले बनाउन लागेको संरचनाका लागि उत्कृष्ट सामग्री छनोटबारे जानकारी पाउन सक्नेछन्,’ अध्यक्ष साहीले भने, ‘यसले व्यावसायिक कारोबार वृद्धिमा समेत टेवा पुग्ने ठानेका छौँ ।’

थोरै क्षेत्रफलमा कसरी आकर्षक घर निर्माण गर्ने तथा भूकम्पप्रतिरोधी घर निर्माणबारे इन्जिनियरबाट जानकारी दिने र वास्तुविज्ञबाट निःशुल्क परामर्श दिने व्यवस्थासमेत मेलामा गरिने उनले बताए । प्रदर्शनी मेलामा निर्माण तथा हार्डवेयर सामग्री खरिदमा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको संघले जनाएको छ ।