१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार १o:५९:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

४६ केजीमा चन्दन र ४८ केजीमा रविन पहिलो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १o:५९:oo

जुनियर राष्ट्रिय पुरुष बक्सिङ प्रतियोगितामा बाँकेका चन्दन शाही ४६ केजी तौलसमूहमा पहिलो भएका छन् । अन्तर्राष्ट्रिय खेलकुद परिसर सातदोबाटोस्थित बक्सिङ हलमा आइतबार भएको फाइनलमा चन्दनले नक्सालका सक्षम लामालाई आरएससीको आधारमा हराउँदै शीर्ष स्थान हात पारेका हुन् । ४८ केजी तौलसमूहमा रोल्पाका रविन पुनमगरले अल्फाका तारा पुनमगरलाई ५–० ले हराउँदै पहिलो स्थान हात पारेका छन् । जुनियर पुरुषतर्फ ५० केजी तौलसमूहमा अल्फाका मौसम विकले रोल्पाका दिप्लप घर्तीमगरलाई फाइनलमा ५–० ले निराश पारेका छन् । यसैगरी, ५२ केजी तौलसमूहमा अल्फाका विजयी घर्तीमगरले फाइट प्रमोसन काठमाडौंका मोहित विष्टलाई ३–० ले निराश पारे । 

प्रतियोगिताको जुनियर पुरुषको ५४ केजी तौलसमूहको फाइनलमा अल्फाका कृष्ण पुनमगरले भाइबका जनम खत्रीलाई ३–२ को स्पिलिट डिसिजनमा पाखा लगाए । ५७ केजी तौलमा झापाका निक्मा तामाङले स्विट साइन्सका रोशिकी शाही खड्कीलाई ३–२ अंकका आधारमा पराजित गरेका छन् । यसैगरी, ६० केजी तौलसमूहमा दाङका नयनसिंह भण्डारीले एक्स बक्सिङ कास्कीका समुद्र थापालाई ३–० ले निराश पार्दै पहिलो स्थान हात पार्न सफल भए । 

६३ किलो तौलसमूहमा स्विट साइन्सका अनिश वाइबा तामाङ, ७० केजी तौलसमूहमा स्विट साइन्सका नोर्बु शेर्पा, ८० केजी तौलसमूहमा आर्यनका सुयोन बैध्य शीर्ष स्थानमा रहेका छन् । प्रतियोगिताअन्तर्गत महिला जुनियरतर्फको ५० केजी तौलसमूहमा झापाकी प्रतिमा राई पहिलो भएकी छिन् । उनले फाइनलमा बक्समाण्डुका पूर्णिमा लामालाई आरएसीका आधारमा हराइन् । यसैगरी, ५७ केजी तौलसमूहमा नक्सालका प्रेक्षा लामाले बक्समाण्डुकी तेन्जिन दोल्केर लामालाई ५–० ले हराउँदै शीर्ष स्थानमाथि कब्जा जमाइन् । यसैगरी, ६३ केजी तौलको फाइनलमा झापाकी सुस्मिता योगहाङ स्विट साइन्सकी दिया गुरुङबाट ५–० ले पराजित भइन् । 

सञ्जय फाइनलमा 
प्रतियोगिताअन्तर्गत पुरुष युथतर्फको ५४ केजी तौलसमूहमा एचटुओका आशिष बेगाले बोसी गाउँका सञ्जय पुनमगरलाई आरएससीका आधारमा हराउँदै फाइनल स्थान पक्का गरेका छन् । सोही तौलसमूहमा दाङका लक्ष्मण बुढामगर बक्समाण्डुका प्रबल उप्रेतीबाट ४–१ ले सेमिफाइनलमा पराजित भएका छन् । यसैगरी, ६० केजी तौलसमूहको सेमिफाइनलमा बक्समाण्डुका आशुष थापाले एक्स बक्सिङका मानबहादुर हमाललाई आरएससीका आधारमा हराएका छन् । सोही तौलसमूहमा भाटभटेनी हेल्थ क्लबका निमा शेर्पालाई स्विट साइन्सका सुगल रोकामगरले ५–० ले हराए । ६३.५ किलो तौलसमूहमा एक्स बक्सिङका येस गुरुङ, बक्समाण्डुका रिजन गुरुङ र ७५ केजी तौलसमूहमा नक्सालका केली बोहराले फाइनल स्थान पक्का गरेका छन् । 

युथ महिलामा मन्दिरा विजयी
प्रतियोगिताको युथ महिलातर्फ ४८ केजी तौलसमुहमा रोल्पाका नीलम घर्तीमगरमाथि नक्सालकी मन्दिरा पौडेलले आरएससीका आधारमा हराइन् । ५० केजी तौलसमूहमा एचटुओकी बृषा श्रेष्ठलाई मकवानपुरकी रोशनी घलानले ४–१ अंकका आधारमा हराइन् । ५४ किलोमा झापाकी स्मारिका राईमाथि जेनेक्सकी स्वस्तिका तिरुवाले एबिडीका आधारमा जित निकालेकी छिन् । 

ad
ad