Skip This
३ प्रश्न
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १ सोमबार
  • Friday, 26 July, 2024
२o८o असोज १ सोमबार o७:o५:oo
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज १ सोमबार o७:o५:oo

नीति अनुसन्धान प्रतिष्ठान सरकारका लागि कति महत्वपूर्ण संस्था हो ?
यो राज्यका लागि निकै महत्वपूर्ण संस्था हो । राज्यका मन्त्रालय या विभागले जुन नीति बनाउँछन् त्यसको कुनै आधार हुँदैन । शाखा अधिकृतले टिप्पणी उठाउँछन्, उपसचिव र सहसचिवले राय दिन्छन्, सचिवले मन्त्रीकहाँ लान्छन् । तर, राज्यले बनाउने नीति ‘इन्ट्याक्टफुल’ हुनुपर्छ । त्यसैले, सरोकारवाला पक्षसँग छलफल गरी राष्ट्रको तात्कालिकदेखि दीर्घकालीन हितका लागि आवश्यक नीति तयार गर्न नीति अनुसन्धान प्रतिष्ठान निकैमहत्वपूर्ण संस्था हो । 

यति महत्वपूर्ण संस्थालाई लामो समयसम्म  किन नेतृत्वविहीन राखिएको होला ?
नीति अनुसन्धान प्रतिष्ठान सरकारको प्राथमिकतामा नपर्नु यसको मुख्य कारण हो । अर्कातिर संयुक्त सरकारमा रहेका हरेक दलले आआफ्ना नाम अघि सारेको अवस्था छ । जसले गर्दा ती नाममा सहमति हुन नसक्दा पनि यो संस्था नेतृत्वविहीन रहेको हो । मन्त्रालयहरूले पनि प्रतिष्ठानको डाह गर्ने र प्रधानमन्त्री कार्यालयले पनि नसुन्दिने अवस्था भएकाले पनि यस्तो समस्या आएको हो । 

प्रतिष्ठानलाई थप प्रभावकारी बनाउन के गर्नुपर्ला ? 
सरकारले यस संस्थाको औचित्य नै देखिरहेको छैन । उसले यस वर्षको बजेटमा यस संस्थालाई राष्ट्रिय योजना आयोगमा गाभ्ने बताइसकेको छ । मितव्ययिताका कारण यसो भनिएको भए पनि योजना आयोगले प्रतिष्ठानले जसरी नीति तयार गर्न सक्दैन । जबसम्म राज्यले प्रतिष्ठानले बनाउने नीतिलाई प्राथमिकतामा राख्न सक्दैन, तबसम्म प्रतिष्ठान प्रभावकारी हुन सक्दैन । यसका लागि सरकारले मात्र प्राथमिकता दिने नभई संस्थाको नेतृत्वले पनि सरकारलाई आकर्षित गर्न सक्नुपर्छ ।