मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० असोज १२ शुक्रबार
  • Friday, 29 September, 2023
संजित परियार काठमाडाैं
२०८० भदौ २८ बिहीबार १२:३५:००
Read Time : > 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

आर्यघाटमा नेम्वाङको अन्तिम बिदाइ [तस्बिरहरू] 

Read Time : > 1 मिनेट
संजित परियार, काठमाडाैं
२०८० भदौ २८ बिहीबार १२:३५:००

संविधानसभाका अध्यक्ष एवं एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय झन्डा र एमाले अध्यक्ष केपी ओलीले पार्टी झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएका छन्।

आर्यघाटमा कांग्रेस सभापति शेरबहादुर देउवासहित विभिन्न दलका प्रमुख, मन्त्रीहरू, राजनीतिक दलका नेता तथा कार्यकर्ता, समर्थक, शुभेच्छुकहरूले नेम्वाङप्रति अन्तिम श्रद्धाञ्जली दिएका छन्।

हिन्दू र लिम्बू परम्पराअनुसार राजकीय सम्मानसहित नेम्वाङको अन्त्येष्टि गरिएको छ। नेम्वाङको निवास बालुवाटारबाट सुरु भएको शवयात्रा अन्त्येष्टिका लागि आर्यघाट पुगेको थियाे।  शोक मनाउन सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ। प्रतिनिधिसभा सदस्यसमेत रहेका नेम्वाङको मंगलबार बिहान हृदयाघातबाट निधन भएको थियो। 

तस्बिरहरू