१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २२ शनिबार १o:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

माइती नेपालले निर्माण र सञ्चालन गर्ने कृषि फार्मको शिलान्यास

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १o:१४:oo

माइती नेपालले निर्माण र सञ्चालन गर्ने एकीकृत कृषि फार्म तथा तालिम केन्द्र भवनको मंगलबार मकवानपुरको गढी गाउँपालिका–५ सानोसुकौरामा शिलान्यास गरिएको छ । कृषि फार्म तथा तालिम केन्द्र भवनको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले शिलान्यास गरेका हुन् । 

६५ रोपनी जग्गामा एक करोड ९२ लाख लागतमा आवासीय सुविधासहितको तालिम केन्द्र, कृषि तथा पशुपालन फार्म बनाउन लागिएको माइती नेपालकी संस्थापक अध्यक्ष एवं बागमती प्रदेशकी पूर्वप्रदेश प्रमुख अनुराधा कोइरालाले जानकारी दिइन् । सुकौरा एग्रो प्रालिले माइती नेपाललाई उक्त जग्गा १० वर्षका लागि निःशुल्क लिजमा उपलब्ध गराएको हो । एकीकृत कृषि फार्ममा व्यवस्थित तालिम हलसहित ग्रिनहाउस, हाइटेक नर्सरी, आधुनिक तरिकाले बाख्रा, कुखुरा र गाईपालन गरिने कोइरालाले बताइन् । 

फार्म तथा तालिम भवनको शिलान्यासपछि मुख्यमन्त्री जम्कट्टेलले एकीकृत कृषि परियोजनाले मानव बेचबिखन रोकथाम र महिला अधिकार प्रवद्र्धनमा महŒवपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । उनले परियोजनाले ग्रामीण क्षेत्रको कृषि र आर्थिक विकासमा पनि सहयोग पुर्‍याउने भएकाले प्रदेश सरकारले समेत सहयोग गर्ने प्रतिबद्धता जनाए । मानव बेचबिखन एउटा जटिल सामाजिक समस्याको रूपमा आएको र आर्थिक समस्या, गरिबी र महिलामाथिको विभेद प्रमुख कारण देखिएकाले महिलाहरूलाई प्रविधिसहितको एकीकृत कृषि फार्म तथा तालिम केन्द्र सञ्चालन गरिने माइती नेपालले जनाएको छ ।

ad
ad