मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २५ सोमबार
  • Wednesday, 18 December, 2024
२o८o भदौ २५ सोमबार o८:१५:oo
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ २५ सोमबार o८:१५:oo

सरकारद्वारा वितरण गरिने विभूषणको के महत्व हुन्छ ?
सामान्यतः मानपदवी या विभूषण समाजमा अनुकरणीय काम गरेका राष्ट्रसेवक या अन्य विशिष्ट व्यक्तिहरूलाई प्रदान गरिने हो । यसले विभूषण पाउने व्यक्तिको समाजमा प्रतिष्ठा बढाउँछ । सुरक्षा निकायमा बढुवाका लागि यसको केही अङ्क छुट्याइएको छ । तर, हामीकहाँ विभूषण वितरणमा गलत व्यक्ति चयन हुने गरेको सुनिन्छ । यहाँ सर्वोत्कृष्टले मात्रै होइन, उत्कृष्टले पनि विभूषण पाउन नसकेको चर्चा हुन्छ । सिफारिसकर्ताले चाकरी र भनसुनका आधारमा सिफारिस गर्दा यस्तो समस्या हुने गरेको हो । 

हरेक वर्षजसो विभूषण वितरण विवादमा पर्दै आएको छ । यस्तो किन हुन्छ ?
विभूषण वितरणको सिफारिस गर्ने क्रममा सही मान्छेलाई छान्न नसक्दा विवाद हुनु स्वाभाविकै हो । आफ्ना मान्छेलाई दिने या चाकरी र भनसुनका भरमा विभूषण प्राप्त गर्ने मान्छे चयन गर्दा अत्यधिक संख्यामा वितरण गर्न थालिएकाले पनि यसको ओज र गरिमा घटेको छ । यस्तै, विभिन्न विवाद र अपारदर्शी क्रियाकलापले गर्दा कतिपयले विभूषण अस्वीकार गर्ने गरेका छन् ।    

 विभूषण वितरणलाई विवादरहित बनाउन सकिन्न ?
निश्चित मापदण्ड बनाएर निष्पक्ष ढंगले सिफारिस गर्ने हो भने यसलाई विवादरहित बनाउन सकिन्छ । यसका लागि विभूषणको संख्या घटाउनुपर्छ । जसलाई मन लाग्यो, त्यसैलाई विभूषण दिँदै हिँडेर हुँदैन । विभूषण सिफारिसका लागि एउटा निष्पक्ष कमिटी बनाउनुपर्छ । साथै, विभूषण दिनुको प्रस्ट कारणसमेत खुलाएर सिफारिस गर्नुपर्ने व्यवस्था गर्न सके पनि विवाद कम हुन सक्छ ।