मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २५ सोमबार
  • Monday, 09 December, 2024
एजेन्सी कोलम्बो
२o८o भदौ २५ सोमबार o७:३८:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

भारत र पाकिस्तानबीचको खेल रिजर्भ डेमा

Read Time : < 1 मिनेट
एजेन्सी, कोलम्बो
नयाँ पत्रिका
२o८o भदौ २५ सोमबार o७:३८:oo

 एसिया कपको सुपर फोरमा वर्षाको कारण भारत र पाकिस्तानबीचको खेल स्थगित भएको छ । अब सोमबार रिजर्भ डेमा यी दुई टोलीबीच रोकिएको स्थानबाटै खेल हुनेछ । आइतबार कोलम्बोमा टस हारेर पहिलो ब्याटिङ गरेको भारतले वर्षाका कारण खेल रोकिनुअघि २४.१ ओभरमा २ विकेट गुमाउँदै १ सय ४७ रन बनाएको थियो ।

 लगातार वर्षाका कारण पुनः खेल हुन सकेन । आयोजक एसिसीले भारत र पाकिस्तानबीचको खेलमा रिजर्भ डे राखेको थियो । खेल हुन नसकेको अवस्थामा दुवै टोलीले एक–एक अंक पाउनेछन् । सुपर फोरमा पाकिस्तानले पहिलो खेलमा बंगलादेशलाई सात विकेटले हराएको थियो । 

भारतको पहिलो विकेटका लागि रोहित शर्मा र शुभमन गिलले १६.४ ओभरमा १ सय २१ रनको सानदार शतकीय साझेदारी गरेका थिए । रोहितले ४९ बलमा ६ चौका र चार छक्कासहित ५६ रन बनाए । गिलले ५२ बलमा १० चौकासहित ५८ रन जोडे । उनी साहिन साह अफ्रिदीको बलमा अघा सलमानबाट क्याचआउट भए । 

भारतका विराट कोहली आठ र लोकेश राहुल १७ रनमा क्रिजमा छन् । समूह चरणमा भारत र पाकिस्तानबीचको खेल रद्द भएको थियो । सो खेलमा भारत २ सय ६६ रनमा अलआउट भएको थियो । सुपर फोरमा यो भारतको पहिलो खेल हो । सुपर फोरमा पाकिस्तानका अफ्रिदीले भारतविरुद्ध पाँच ओभरमा ३७ रन खर्चेका थिए । नसिम साहले पाँच ओभरमा एक मेडन राखी २३ रन खर्चे ।