१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार २o:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

गोकर्णेश्वर नगरका प्रमुख दीपक रिसाललाई उत्कृष्ट मेयर अवार्ड 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार २o:१७:oo

काठमाडौंस्थित गोकर्णेश्वर नगरपालिकाका मेयर दीपककुमार रिसाल स्वास्थ्य खबर हेल्थ अवार्डबाट सम्मानित भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार याक एन्ड यती होटेलमा आयोजित कार्यक्रममा मेयर रिसाललाई उक्त अवार्ड प्रदान गरे ।

नसर्ने रोगहरूको न्यूनीकरण तथा नियन्त्रणका लागि उत्कृष्ट योगदान पुर्‍याएबापत रिसाललाई उक्त अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ । 
अवार्ड वितरणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्वमा गठन भएको छनोट समितिले देशका विभिन्न भागमा कार्यरत स्वास्थ्यकर्मी, जनस्वास्थ्यकर्मी, वकालतकर्ता, नीतिनिर्माता तथा स्वयंसेवीहरूको आवेदन, मनोनयन तथा सिफारिस आएको थियो । 

रिसाललाई उक्त छनोट समितिले नसर्ने रोगहरूको न्यूनीकरण तथा नियन्त्रण विधामा अवार्ड प्रदान गर्ने सर्वसम्मत निर्णय गरेको थियो ।

‘नेपालमा बढ्दै गएको नसर्ने रोगको भारलाई कम गर्दै नागरिकलाई स्वस्थ राख्न समुदायस्तरमा पुगेर यहाँले निर्वाह गर्नुभएको योगदान र जनप्रतिनिधिका रूपमा समयको समेत पर्वाह नगरी अहोरात्र पुर्‍याउँदै आउनुभएको सेवाको उच्च मूल्यांकन गर्दै यो अवार्ड प्रदान गर्ने निर्णय गरिएको हो,’ आयोजक संस्थाले भनेको छ ।

ad
ad