१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २० बुधबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o भदौ २० बुधबार o८:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

के क्रिप्टोकरेन्सीले भुक्तानीसम्बन्धी कार्यलाई सरल बनाउँछ ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o भदौ २० बुधबार o८:५२:oo

क्रिप्टोकरेन्सीले भुक्तानीसम्बन्धी कार्यलाई सरल नबनाई जटिल बनाउँछ । सार्वभौम मुलुकले एकरूपता भएका (स्तरीय) मुद्रा निष्कासन गर्नुपूर्व निजी क्षेत्रबाट एकरूपता नभएका विभिन्न वस्तु र धातु तथा कागजातले मुद्राको कार्य गथ्र्याे । त्यस्ता निजी मुद्रा आमसर्वसाधारणमा स्वीकार्य नभए तापनि कुनै निश्चित वर्ग वा समुदायमा मात्र स्वीकार्य हुन्थ्यो र मूलतः वस्तु विनिमय व्यवस्थामा जस्तै : इडियम या एक्सचेन्जको कार्य गर्न सरलता हुँदैनथ्यो ।

हाल विश्वमा करिब २३ हजार प्रकारका क्रिप्टोकरेन्सी प्रचलनमा रहेको हुँदा नेपाली रुपैयाँजस्तो नेपालभित्र सर्वस्वीकार्य मुद्राले गर्ने भुक्तानी तथा फछ्र्यौटको तुलनामा क्रिप्टोकरेन्सीबाट भुक्तानीसम्बन्धी कार्य जटिल हुन जान्छ । साथै, मुद्रास्फीतिले केही हदसम्म असर गरे तापनि सार्वभौम मुलुकहरूले जारी गर्ने मुद्राले स्टोर या भ्यालुको कार्यसमेत गर्दछ ।

जसअन्तर्गत आफूलाई वर्तमान समयमा कुनै वस्तु तथा सेवा खरिद गर्न आवश्यक नभएमा भविष्यमा वस्तु तथा सेवा खरिद गर्न सकिन्छ । तर, क्रिप्टोकरेन्सीको मूल्य विशुद्ध रूपमा बजारको माग र आपूर्तिमा मात्र निर्भर हुने तथा धेरै नै उतारचढावपूर्ण हुने भएकाले क्रिप्टोकरेन्सीको मूल्यमा भारी गिरावट आई भविष्यमा कुनै पनि वस्तु तथा सेवा खरिद गर्न नसक्नेसमेत हुन सक्छ ।
– नेपाल राष्ट्र बैंक

ad
ad
ad
ad