१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
रासस हुम्ला
२o८१ बैशाख २२ शनिबार १५:२८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

लोडसेडिङका कारण क्याम्पसको पठनपाठनमा समस्या

Read Time : < 1 मिनेट
रासस, हुम्ला
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १५:२८:oo

हुम्लाको सदरमुकाम सिमकोटमा रहेको एक मात्रै मानसरोवर बहुमुखी क्याम्पसमा विद्यार्थीलाई पढाउन शिक्षकले टर्च बाल्नुपर्ने बाध्यता छ।

विद्युत् जडान गरिए पनि बिहानको समयमा लोडसेडिङ हुने हुँदा कक्षामा पढाइ सञ्चालन गर्न  मोबाइलको टर्च बाल्नुपर्ने अवस्था आइपरेको  क्याम्पसका आंशिक प्राध्यापक शिवराज शर्माले बताए। हिल्दुम विद्युत् वितरण केन्द्रले लोडसेडिङ गर्दा बिहानी कक्षामा पढाउन समस्या भएको उनको भनाइ थियो।

बिहान ६ बजेदेखि  पठनपाठन गर्नुपर्ने र त्यसवेला अँध्यारै हुने भएकाले मोबाइलको टर्च बालेर पढाउनुपरेको छ। प्राध्यापक शर्माले भने, ‘यो समस्या विशेष गरी अभ्यास गर्दा हुने गरेको छ। आफूले कालोपाटीमा लेख्दा मोबाइलको टर्च बाल्नुपर्ने र  विद्यार्थीले पनि कापीमा टिप्दा टर्च बाल्नुपर्छ। क्याम्पसमा चारवटा कक्षा यसरी नै चल्दै आएका छन्।’

सामुदायिक क्याम्पस भएकाले स्रोत नहुँदा विद्युतको विकल्प खोजी गर्न नसकिएको क्याम्पस प्रमुख दीपक भण्डारीको भनाइ छ। उक्त वितरण केन्द्रलाई लोडसेडिङको समय तालिका हेरफेरका लागि अनुरोध गर्दा हेरफेर गर्न नसकिने जवाफ आएको उनले बताए। उक्त क्याम्पसमा हालै स्नातक तह पहिलो वर्षको पढाइ सुरु भएको छ।

स्ववियुको निर्वाचनपछि उक्त क्याम्पसमा नियमित पठनपाठन भइरहे पनि अँध्यारोका कारण निकै समस्या भएको विद्यार्थी अमर बोहराले गुनासो गरे। ‘शिक्षकलाई पनि पढाउन समस्या छ, हामीलाई पनि समस्या बनाएको छ,’ उनले भने।

ad
ad