१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार ११:२५:oo
Read Time : > 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

भविष्यमा पीडा दिन सक्ने ट्याटु 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:२५:oo

ट्याटु खोप्ने रहर गरेर मात्रै हुँदैन । खोप्नुअघि गम्भीर ढंगले सोच्न जरुरी छ । कतिपयले आवेगमा आएर ट्याटु खोपाएका हुन्छन् । त्यसरी खोप्दा तत्कालका लागि आनन्द मिल्छ । तर, भविष्यमा पीडा पनि निम्तिन सक्छ । मन नपरेपछि ट्याटु मेट्न खर्च लाग्ने र छालामा समस्या निम्तिने खतरा हुन्छ । 

प्रेमी/प्रेमिका 
टिनएजरहरूलाई प्रायः प्रेमी वा प्रेमिकाको ट्याटु खोप्न आनन्द लाग्छ । आफ्नो अथाह प्रेम दर्साउन र आफूप्रति बढी आकर्षित गर्न उनीहरूले पार्टनरको ना वा तस्बिरको ट्याटु खोप्ने गर्छन् । आफ्ना साथीहरूमाझ एक्स्ट्रा देखिन पनि उनीहरू यो काम गरिरहेका हुन्छन् । तर, उनीहरू सोच्न सक्दैनन् कि टिनएजमा गरिएको प्रेम सफल हुने सम्भावना निकै कम हुन सक्छ । भविष्यमा एक–अर्काबीच विवाह नै हुन्छ भन्ने ग्यारेन्टी हुँदैन । जब उनीहरूबीच ब्रेकअप हुन्छ र दोस्रो व्यक्तिसँग सम्बन्ध सुरु गर्नुपर्ने हुन्छ, त्यसपछि पूर्वप्रेमी–प्रेमिकाको ट्याटुले पीडा निम्त्याउँछ । पुरानो ट्याटुकै कारण वैवाहिक जीवनमा दरार पैदा पनि हुन सक्छ । 

पब्लिक स्टार
पब्लिक स्टारबाट प्रभावित भएर कतिपय उनकै नाम वा तस्बिरलाई ट्याटुमा उतार्ने गरेको पनि पाइन्छ । विश्वका चर्चित फुटबलर, गायक–गायिका र अभिनेता–अभिनेत्रीका नाम वा तस्बिर आफ्नो शरीरमा खोप्ने गरिन्छ । तर, यस्तो ट्याटु पनि पीडादायी हुन सक्छ । ट्याटु खोप्नुअघि नै सोच्नुपर्छ कि जुनसुकै स्टार सधैँ स्टार रहिरहन सक्दैनन् र जतिवेला पनि नराम्रो गल्ती गरेर विवादमा आउन सक्छन् । त्यतिखेर आफ्नो शरीरमा उही स्टारको ट्याटु हुँदा नमजा लाग्न सक्छ । 

धर्म/संस्कृति 
धर्म/संस्कृतिमा केन्द्रित ट्याटु खोप्दा पनि विचार पुर्‍याउनुपर्ने हुन्छ । अहिले विश्वको जुनसुकै कुनाको व्यक्ति अर्काे जुनसुकै कुनामा पनि पुग्न सकिने जमाना छ । संसारमा विभिन्न धर्म र संस्कृति मान्ने समाज छ । यही धर्म र नियमको नाममा ठूला–ठूला हिंसात्मक घटना हुने गरेका छन् । त्यस्ता हिंसाको निसानामा पर्ने कारण शरीरमा खोपिएका धार्मिक ट्याटु बन्न पनि सक्छ । त्यसैले धार्मिक मन्त्र र भगवान्का चित्रको ट्याटु खोप्दा विचार गर्दा राम्रो हुन्छ । 

क्लब वा ब्यान्ड 
संसारमा विभिन्न स्पोर्टस् क्लब था म्युजिक ब्यान्डप्रति धेरै व्यक्ति निकै क्रेजी हुन्छन् । सपोर्टरहरू क्लब र ब्यान्डको लोगो शरीरमा खोपेर आफ्नो समर्थन व्यक्त गर्छन् । ती क्लब तथा ब्यान्डले तत्कालीन अवस्थामा पाएको चर्चालाई आधार मानेर खोपिएको हुन्छ । तर, सधैँ चर्चामा नहरन सक्छन् । 

ad
ad