१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार ११:१९:oo
Read Time : > 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

बच्चालाई किन हुन्छ अनिद्रा ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:१९:oo

बच्चाको बढ्दो उमेरमा पर्याप्त निद्रा पुग्नुपर्छ । उमेरअनुसार बच्चाहरू सुत्ने समय पनि फरक हुन्छ । भर्खर जन्मिएका बच्चा धेरै समय सुत्ने गर्छन् । उनीहरू २४ घन्टामा २० घन्टै सुत्ने गर्छन् । बिस्तारै उमेर बढ्दै गएपछि सुत्ने समय पनि घट्दै जान्छ । पाँच वर्षको उमेरमा आइपुग्दा बच्चाहरू १० घन्टा सुत्छन् ।

बालबालिका कम्तीमा आठ घन्टाचाहिँ सुत्नैपर्छ । तर, कतिपय बच्चा पर्याप्त सुत्न सक्दैनन् । दिउँसोको समय धेरै सुत्ने पनि हुन्छन् । रातको समयमा निदाउन सक्दैनन् । अर्काे, रातको समय पटक–पटक उठ्ने पनि गर्छन् । सुत्ने–उठ्ने समय एउटै हुनुपर्छ । यो राम्रो संकेत होइन । 

बच्चामा निद्राका विभिन्न चरण हुन्छन् । हामी सुत्दा दिमागका विभिन्न कुराको प्रोसेसिङ भइरहेको हुन्छ । त्यो प्रोसेसिङले बालबालिकामा स्मरणशक्ति बढाउने काम गर्छ । इन्टेलिजेन्स बढाउने पनि आफ्नो ठाउँमा छ । सुतेको वेला बालबालिकालाई ‘स्ट्रेस’ कम हुन्छ । विभिन्न कारणले बच्चालाई अनिद्रा हुन्छ । राति सुत्दा घुर्ने समस्या देखियो भने पनि राम्रो संकेत होइन । बच्चालाई निद्रा परेन भनेर बुझ्नुपर्छ । बच्चामा यस्ता समस्या देखियो भने चिकित्ससँग सल्लाह लिन जरुरी हुन्छ । 

अनिद्राका लक्षण 

  • सुत्ने वेला झगडा गर्ने, झिजो मान्ने, निद्रा पर्न गाह्रो हुने ।
  • कतिपय बच्चा बेडमा जान नमान्ने, टिभी हेरेर मात्रै बस्ने । 
  • राति सुत्दा मुखले सास फेर्ने, घुर्ने, घोप्टो परेर सुत्ने । 
  • दैनिक सुत्ने समय तालिका परिवर्तन भइरहनु । कहिले आठ घन्टा सुत्ने, कहिले चार घन्टा सुत्ने, कहिले ९ बजे सुत्ने, कहिले ११ बजे सुत्ने, समय पनि नमिल्ने हुन्छ । 

अनिद्राले निम्त्याउन सक्छ

  • कतिपय बालबालिका राम्ररी निदाउन नसक्ने हुन्छ । पर्याप्त निद्रा नपुग्दा बच्चामा स्वास्थ्य समस्या आउन सक्छ । 
  • निद्रा नपुग्दा बच्चामा झिजोपन आउने, 
  • झगडा गर्ने, 
  • खाना नखाने, 
  • स्कुल जान नमान्ने, 
  • पढ्न नसक्ने, 
  • स्मरणशक्ति कमजोर हुन्छ । 
  • साना बालबालिकाको हकमा पिसाब पटक–पटक आइरहने अदि समस्या देखिन्छ । 

बच्चालाई राम्ररी  सुताउन के गर्ने ?

  • बुबाआमाले बच्चालाई पर्याप्त सुत्ने वातावरण निर्माण गर्नुपर्छ । बच्चाको दिनभर खेल्ने कोठा र सुत्ने कोठा एउटै हुनुहुँदैन । बेडरुममा निद्रा लागेपछि मात्रै लैजाने । कतिपय बच्चा आफैँ पनि बेडरुममा जाने गर्छन् । 
  • निश्चित समय तालिका बनाइदिने । कहिले ९ बजे, ११ बजे, १२ बजे सुत्छ भनेर अभिभावकले बेवास्ता गर्नुहुँदैन । एउटा समय तालिका बनाउने । 
  • दूध खुवाउने, तातो पानी खुवाउने अर्थात् अरू क्रियाकलाप गराउने गर्नुपर्छ । 
  • सुत्ने कोठा हल्लाखल्ला वा धेरै लाइट हुनुहुँदैन । यस्तो वातावरण सिर्जना गर्‍यो भने बच्चाको निद्रामा समस्या आउँदैन । 
  • बेडरुममा टिभी नराख्ने । सुत्ने रुममा उज्यालो लाइट राख्नुहुँदैन । 
  • ठूला बच्चाले कोल्ड ड्रिंक्स खाने गर्छन् । जसले गर्दा बच्चाहरू राम्ररी सुत्दैनन् । चकलेट पनि खान दिनुहुँदैन । साँझ खान दियो भने क्याफिन हुन्छ । जसले राति गाह्रो हुन सक्छ । 
  • दिनभरि सुत्ने बच्चा राति सुत्न मान्दैनन् । त्यसैले दिउँसो सुत्ने समय घटाउँदै जानुपर्छ । 
ad
ad