एकपटक भगवान् बुद्ध एउटा गाउँमा पुग्दा एकजना गाउँलेले सोधे– भगवान् मानव जीवनको मूल्य कति हो ? जिज्ञासा सुनेपछि बुद्ध एकैछिन मौन भए र एउटा चम्किलो पत्थर उनको हातमा दिँदै भने– बजारमा जाऊ र यसको मूल्य पत्ता लगाएर आऊ । तर, बेच्नचाहिँ नबेच ।
गाउँले सुन्तला व्यापारीकहाँ पुगे । उनले व्यापारीसित त्यसको मूल्य सोधे । व्यापारीले त्यो पत्थर हेरेर त्यसका लागि १२ वटा सुन्तला दिने बतायो । त्यसपछि उनले तरकारी व्यापारीलाई भेटे । उसले त्यसका लागि एकबोरा आलु दिने बतायो । उनी सुनारकहाँ पुगे । सुनारले चार हजार स्वर्णमुद्रा दिन सक्ने बतायो ।
त्यसपछि उनी जौहरीकहाँ पुगे । जौहरीले त्यस रत्नलाई रातो सफा कपडामाथि राख्यो, तीनपटक परिक्रमा गर्यो र ढोग्यो । उसले प्रश्न गर्यो– तपाईंले यो रत्न कहाँबाट ल्याउनुभयो ? सिंगो दुनियाँ बेचेर पनि यसको मूल्य तिर्न सकिन्न । यो अमूल्य छ । व्यापारीको जवाफपछि उनी बुद्धकहाँ फर्किए ।
उनले सबै विवरण सुनाए र भने– भगवान्, अब त भन्नुहोस् मनुष्य जीवनको मूल्य कति हो ? हल्का मुस्कुराउँदै बुद्धले भने– सुन्तलावालाका लागि पत्थरको मूल्य १२ दाना सुन्तला, तरकारीवालाका लागि एकबोरा आलु, सुनारका लागि चार हजार स्वर्णमुद्रा र जौहरीका लागि अमूल्य । अब यसैबाट तिमी आफ्नो जीवनको मूल्य पत्ता लगाऊ । तिमी निश्चय नै हीरा हौ । तर, तिम्रो मूल्य हरेक व्यक्तिले आ–आफ्नो सामथ्र्यअनुसार तोक्छ ।