१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार ११:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

डोल्पाको त्रिपुरासुन्दरीमा १३ वर्षीया बालिका बलात्कार गर्ने रुकुम पश्चिमका युवा पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:o२:oo

हिमाली जिल्ला डोल्पाको  त्रिपुरासुन्दरी नगरपालिका– १ मा बस्ने एक १३ वर्षीया बालिका बलात्कृत भएकी छिन् । बालिका बलात्कार घटनामा रुकुम पश्चिम जिल्ला आठबिसकोट नगरपालिका– ६ मन्काबगरका २१ वर्षीय युवा चिरञ्जीवी बोहोरालाई प्रहरीले पक्राउ गरेको छ ।

बलात्कार आरोपित बोहोरालाई बिहीबार साँझ पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याइएको र घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक शिव बुढाथोकीले जानकारी दिए ।बोहोराको कोठामा सललगायत प्रमाण पुष्टि गर्ने वस्तु भेटिएको र लिखित जाहेरीसमेत परेपछि पक्राउ गरिएको बुढाथोकीले बताए ।

पेसाले ड्राइभर रहेका बोहोरालाई जबर्जस्ती करणी कसुरबमोजिम मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान गर्ने तयारी गरिएको प्रहरीले जनाएको छ ।
 

ad
ad