१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ४ शुक्रबार १२:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

वैदेशिक लगानी ल्याउन नेक्सजेन र कोरियन कम्पनी एमएबिसीबीच सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १२:२o:oo

नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रालि र कोरियन कम्पनी एमएबिसी इन्भेस्टमेन्ट ग्रुप प्रालिबीच सम्झौता भएको छ । तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनको दोस्रो दिन सोमबार चीनका लागि नेपालका राजदूत विष्णुपुकार श्रेष्ठको उपस्थितिमा सम्झौता भएको हो । 

सम्झौतामा एमएबिसी इन्भेस्टमेन्टका अध्यक्ष जियोन योङ ली र नेक्सजेनका प्रतिनिधि शिवराज दवाडी (माधव)ले हस्ताक्षर गरे । एमएबिसीले नेपाल सरकारसँग उद्योग व्यवसाय, हरित ऊर्जा, सेवा उद्योग, नवीनतम प्रविधि, कृषि तथा खनिज क्षेत्रमा वैदेशिक लगानी ल्याउने स्वीकृति लिएको छ । यस्तो लगानीको रकम नेपाली ६ अर्बबराबर रहेको बताइएको छ । 

नेपालभित्र ल्याउने वैदेशिक लगानीमार्फत स्थापना र सञ्चालन हुने यस्ता उद्योग–व्यवसायमा नेक्सजेनले सहजीकरण तथा परामर्श गर्नेछ ।

ad
ad