१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
जोसेफ ई स्टिग्लिज
२o८१ बैशाख २२ शनिबार o८:२३:oo
Read Time : > 3 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

नवउदारवादी पुँजीवाद त्यागे मात्र आउनेछ साझा समृद्धि

अहिले आर्थिक र राजनीतिक असमानता यति विकराल भएको छ कि धेरैले लोकतन्त्रलाई नै अस्वीकार गर्न थालेका छन्

Read Time : > 3 मिनेट
जोसेफ ई स्टिग्लिज
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o८:२३:oo

हालैका वर्षमा लोकतन्त्रको पश्चगमन र अधिनायकवादको उदयबारे धेरै लेखिएका छन्, जो असल नियतले लेखिएका छन् । दक्षिणपन्थी लोकप्रियतावादलाई प्रश्रय दिइरहेका अधिनायकवादी र तानाशाहको सूची बढ्दो छ । यसमा हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानदेखि ब्राजिलका पूर्वराष्ट्रपति जयर बोल्सोनारो र अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पसम्म छन् । गर्न त उनीहरू पनि आमनागरिकको रक्षा गर्ने र लामो समयदेखिका राष्ट्रिय मूल्यको संरक्षण गर्ने प्रतिज्ञा गर्छन्, तर शक्तिशालीहरूको संरक्षण र लामो समयदेखिका मूल्यहरूलाई रद्दीका टोकरीमा मिल्काउने नीतिहरू पछ्याउँछन् । 

यसका सम्भावित उत्तर थुप्रै छन् । तर, असमानतामा भएको वृद्धि सबैभन्दा उल्लेखनीय जवाफ हो । लोकतन्त्रको क्षयीकरणसँग आधुनिक नवउदारवादी पुँजीवादले निम्त्याएको यो संकटलाई धेरै किसिमले जोड्न सकिन्छ । आर्थिक असमानताले अनिवार्य रूपमा राजनीतिक असमानता निम्त्याउँछ, तर देशअनुसार फरक–फरक डिग्रीमा । संयुक्त राज्य अमेरिकामा ‘एक व्यक्ति, एक मत’, ‘एक डलर, एक मत’मा रूपान्तरित भएको छ । अमेरिकामा चन्दा अभियानमा वस्तुतः कुनै प्रतिबन्ध छैन । 

यो राजनीतिक असमानता स्वप्रबलीकरण प्रकृतिको छ । यसले आर्थिक असमानतालाई अझ फराकिलो बनाउने नीतितर्फ डोर्‍याएको छ । करका (मौजुदा) नीतिहरूले धनाढ्यहरूकै पक्षपोषण गर्छन् । शिक्षा प्रणाली पहिले नै विशेषाधिकार प्राप्तहरूको पक्षमा छ, अनि नियमनका कमजोर नीति एवं कार्यान्वयनले पनि कर्पाेरेसनहरूलाई बजार शक्ति सोहर्न र तिनको शोषण गर्न निर्बाध लगाम सुम्पिएका छन् । यसबाहेक, मिडियामा रुपर्ट मर्डाेकजस्ता प्लुटोक्य्राट्सको स्वामित्वका निजी कम्पनीहरूको प्रभुत्वले, मुख्य धाराका अधिकांश विमर्शले पनि उही असमानताका प्रवृत्तिलाई नै प्रवद्र्धन गर्छन् । यसरी पाठकलाई लामो समयदेखि धनीहरूलाई कर लगाउनु भनेको आर्थिक वृद्धिलाई हानि पुर्‍याउनु हो, सम्पत्तिको उत्तराधिकार (अपुताली)मा कर लगाउनु भनेको मृत्युमा कर लगाउनु हो आदि भनिँदै आएको छ । 

एक समय सम्झौताको माध्यमबाट समस्या समाधानको वकालत गर्ने अमेरिकी राजनीति सन् ०१६ मा ट्रम्प लोकप्रिय मतमा अल्पमतका साथ निर्वाचित हुँदासम्ममा नांगो रूपमा एकदलीय शक्ति संघर्षमा परिणत भइसकेको थियो, जसमा कम्तीमा एक पक्षले खेलमा कुनै नियमै हुनुहुँदैन भन्ने विश्वास गर्छ ।

हालसालै धनाढ्यद्वारा नियन्त्रित परम्परागत मिडियासँग अति धनाढ्यद्वारा नियन्त्रित सामाजिक–मिडिया कम्पनी सामेल हुन आएका छन् । यिनमा एउटै भिन्नता छ, पछिल्लोलाई अफवाहहरू थप निर्बाध रूपले फैलाउने सुविधा छ । सन् १९९६ को कम्युनिकेसन्स डिसेन्सी एक्टको दफा २३० अनुसार अमेरिका–आधारित कम्पनीलाई तिनका प्लाटफर्ममा तेस्रोपक्षले राखेका सामग्री अथवा ती सामग्रीले पुर्‍याएका सामाजिक हानि–नोक्सानीका लागि उत्तरदायी ठहर्‍याउन सकिँदैन (भलै ती किशोरीहरू नै किन नहुन्) । 

जवाफदेहिताविनाको पुँजीवादको यस माहोलमा अधिकांश मानिसले सम्पत्तिको बढ्दो एकाग्रतालाई शंकाको दृष्टिले हेर्छन् वा प्रणालीमा हेराफेरी (धाँधली) भएको ठान्छन् भनेर हामीले छक्क पर्नुपर्छ र ? लोकतन्त्रले अनुचित परिणाम दिएको छ भन्ने व्यापक भावनाले लोकतन्त्रप्रतिको विश्वासलाई कमजोर बनाएको छ । कतिपयलाई वैकल्पिक प्रणालीले यसभन्दा राम्रो परिणाम दिन सक्छन् भन्ने निष्कर्षमा पुर्‍याएको छ ।

यो एउटा पुरानै बहस हो । ७५ वर्षअघि धेरैले लोकतन्त्रहरू पनि अधिनायकवादी शासनप्रणालीजत्तिकै तीव्र गतिमा मौलाउन सक्लान् र भनेर सोच्थे । अहिले, कुन प्रणाली अझ बढी निष्पक्ष हुन्छ भनेर धेरैले सोही प्रश्न सोधिरहेका छन् । तर, यो बहस एउटा यस्तो विश्वमा भइरहेको छ, जहाँ राष्ट्रिय र विश्व विचारलाई आकार दिने उपकरण धनाढ्यहरूको नियन्त्रणमा छन्, यसका लागि उनीहरू कहिलेकाहीँ सफेद झुटको समेत प्रयोग गर्छन् (‘निर्वाचनको अपहरण भयो !’ ‘मतदान मेसिनहरूमा छेडखानी गरिएको थियो !’ आदि यस्तै एक झुटको लागत फक्स न्युजले ७८ करोड ७० लाख डलर चुकाउनुपरेको थियो) ।

सही राजनीतिक सुधारबाट नै लोकतन्त्रहरू थप समावेशी, नागरिकप्रति बढीभन्दा बढी उत्तरदायी हुनेछन् भने ठूला कर्पाेरेसन र धनाढ्यप्रति कम उत्तरदायी हुनेछन् । तर, लोकतान्त्रिक राजनीतिलाई बचाउन पनि दूरगामी आर्थिक सुधारको खाँचो छ ।

अझ गहिरो ध्रुवीकरण यसैको एउटा परिणाम हो । यस्तो धु्रवीकरणले विशेषगरी अमेरिकाजस्ता जित्नेले सबै लैजाने (विनर–टेक–अल) बहुमतीय प्रणाली भएका देशमा लोकतन्त्रको कार्यसञ्चालनलाई कमजोर बनाउँछ । एक समय सम्झौताको माध्यमबाट समस्या समाधानको वकालत गर्ने अमेरिकी राजनीति सन् ०१६ मा ट्रम्प लोकप्रिय मतमा अल्पमतका साथ निर्वाचित हुँदासम्ममा नांगो रूपमा एकदलीय शक्ति संघर्षमा परिणत भइसकेको थियो, जसमा कम्तीमा एक पक्षले खेलमा कुनै नियमै हुनुहुँदैन भन्ने विश्वास गर्छ ।

जब ध्रुवीकरण यति धेरै हुन्छ, तब कुनै पनि कुरा दाउ लाग्ने सम्भावना हुन्छ । यस्तो अवस्थामा साझा आधार खोज्नुको साटो सत्तामा रहेकाहरूले आफ्नो स्थान सुरक्षित गर्न सबै खाले साधनको प्रयोग गर्छन् । जसरी यसअघि रिपब्लिकनले खुलेआम जेरिम्यान्डरिङ (निर्वाचन क्षेत्रहरूलाई जेरीझैं बंग्याएर) र अधिक मत खस्ने अवस्थालाई निरुत्साहित गर्ने उपाय अपनाए । लोकतन्त्रले सबैभन्दा राम्रो काम त्यतिखेर गर्छ, जब कथित दाउ न त कम, न धेरै उच्च हुन्छ (यदि ती धेरै कम भए भने मानिसहरूले लोकतान्त्रिक प्रक्रियामा भाग लिनुपर्ने आवश्यकतै ठान्दैनन्) । लोकतन्त्रसँग यो आदर्श सन्तुलन प्राप्तिका सम्भावना बढाउने डिजाइन विकल्प छन् । उदाहरणका लागि, संसदीय प्रणालीले गठबन्धन निर्माणलाई प्रोत्साहित गर्छ, अक्सर अतिवादीलाई भन्दा मध्यमार्गीलाई शक्ति प्रदान गर्छ । प्रतिबद्ध निजामती सेवाको उपस्थितिले जसरी नै अनिवार्य तथा क्रमबद्ध–छनोट मतदान (र्‍याङ्क–च्वोइस भोटिङ)ले पनि यस सन्दर्भमा मद्दत नै गर्ने देखाएको छ । 

अमेरिकाले लामो समयदेखि आफूलाई लोकतन्त्रको पर्यायका रूपमा स्थापित गर्दै आएको छ । तर, कुख्यात तानाशाह अगस्टो पिनोचेसँग मित्रता गाँस्ने रोनाल्ड रेगनदेखि साउदी अरबबाट आफूलाई टाढा राख्न वा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारको मुस्लिमविरोधी कट्टरताको निन्दा गर्न असफल जो बाइडेनसम्मका पाखण्ड सधैँ हुँदै आएका छन् । यद्यपि अमेरिकाले कम्तीमा केही राजनीतिक मूल्य–मान्यतालाई भने सधैँ सम्मान गर्दै आएको छ । तर, अहिले आर्थिक र राजनीतिक असमानता यति विकराल भएको छ कि धेरैले लोकतन्त्रलाई नै अस्वीकार गर्न थालेका छन् । यो अधिनायकवादका निमित्त उर्वर समय हो, विशेषगरी ट्रम्प, बोल्सोनारो र अन्यले प्रतिनिधित्व गरेको दक्षिणपन्थी लोकप्रियतावादका लागि । तर, असन्तुष्ट मतदाताले खोजिरहेको जवाफ यस्ता नेतासँग छैन । यसविपरीत, उनीहरूले शक्तिमा रहँदा लागू गरेका नीतिले स्थितिलाई अझ खराब बनाएको छ । 

विकल्पको खोजी अन्त गर्नुको साटो हामीले आफ्नै प्रणालीभित्रबाट खोज्नुपर्छ । सही राजनीतिक सुधारबाट नै लोकतन्त्र थप समावेशी, नागरिकप्रति बढीभन्दा बढी उत्तरदायी हुनेछन् भने ठूला कर्पाेरेसन र धनाढ्यप्रति कम उत्तरदायी हुनेछन् । तर, लोकतान्त्रिक राजनीतिलाई बचाउन पनि दूरगामी आर्थिक सुधारको भने खाँचो छ । जब हामीले नवउदारवादी पुँजीवादलाई छोड्नेछाैँ र हामीले दाबा गरेको साझा समृद्धिको निर्माण गर्न अझ राम्रोसँग काम गर्न सक्नेछौँ, तब मात्रै हामीले सम्पूर्ण नागरिकको कल्याणलाई न्यायोचित रूपले अभिवृद्धि गर्न सुरुवात गर्नेछौँ, तब नै पपुलिस्टहरूको हावा पनि खुस्काउन सक्नेछौँ । 
–प्रोजेक्ट सिन्डिकेट

ad
ad