१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १२:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

नेपाली क्रिकेट टिमलाई प्रधानमन्त्रीको शुभकामना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १२:५७:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एसिया कप क्रिकेटका लागि पाकिस्तानमा रहेको  नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई जितका लागि शुभकामना दिएका छन्।

बुधबार बिहान पाकिस्तानमा रहेको नेपाली टिमसँग भर्चुअल संवाद गर्दै प्रधानमन्त्रीले पाकिस्तानसँग जितको शुभकामना व्यक्त गरेका हुन्। शुभकामना व्यक्त गर्दै उनले प्रतियोगितामा नेपालले राम्रो नतिजा निकाल्ने विश्वास व्यक्त गरे।

सो क्रममा प्रधानमन्त्री प्रचण्डले खेल क्षेत्रक‍ो विकास र खेलाडीहरूको हितका निम्ति आफूले सधैँ ध्यान दिएको उल्लेख गरे। भर्चुअल बैठकमा नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले टोलीले राम्रो तयारी गरिरहेको र त्यहीअनुसार प्रतिस्पर्धामा प्रस्तुति रहने प्रधानमन्त्रीलाई जानकारी गराए।

नेपालले आज बुधबार घरेलु टिम पाकिस्तानसँग खेल्दै छ। पञ्जाबको मुल्तान क्रिकेट रंगशालामा नेपाली समयअनुसार दिउँसो ३ः१५ बाट खेल सुरु हुनेछ ।

ad
ad