१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ १३ बुधबार
  • Wednesday, 03 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o भदौ १३ बुधबार १२:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

वाराही सेदीको सेयर बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ १३ बुधबार १२:o८:oo

पोखराको लेकसाइडमा पाँचतारे होटेल बनाइरहेको वाराही सेदी होटेल लिमिटेडले साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले एनएमबि क्यापिटल लिमिटेडलाई सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । 

जारी पुँजी एक अर्ब १६ करोड रुपैयाँ रहेको उक्त होटेलले जारी पुँजीको १० प्रतिशत अर्थात् ११ करोड ६० लाख रुपैयाँबराबरको ११ लाख ६० हजार कित्ता सेयर जारी गर्ने कम्पनीले जनाएको छ । निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गर्नेसम्बन्धी सम्झौतामा वाराही सेदी होटेल लिमिटेडका तर्फबाट कार्यकारी सञ्चालक विप्लब पौडेल तथा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत दीपेशकुमार वैद्यले हस्ताक्षर गरेको जनाइएको छ ।

नियामक निकायबाट तोेकिएका सम्पूर्ण प्रक्रिया तथा आवश्यकताहरू पूरा गरी यथासम्भव छिटो निष्कासनको प्रक्रिया अगाडि बढाइने होटेलका कार्यकारी सञ्चालक विप्लब पौडेलले बताए । हाल करिब ५१ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको उक्त होटेल सन् २०२५ देखि सञ्चालनमा ल्याउने योजनाका साथ तीव्र गतिमा निर्माण कार्य भइरहेको उनको भनाइ थियो । 

होटेलमा १० वटा प्रेसिडेन्सियल स्विटसहित एक सय ५० कोठा र ११ वटा सर्भिस हाउस रहने जनाइएको छ । पोखराको लेकसाइडमै पाँचतारे होटेलको माग बढ्दै गएकाले क्यासिनोसहितको सुविधासम्पन्न होटेल बनाउन लागिएको पौडेलले बताए । एक हजार दुई सय क्षमताको हलसमेत रहने यो होटेलमा इन्फिनिटी स्विमिङ पुल, हेल्थ क्लब, टावर लिफ्टलगायतका आकर्षण रहेको जनाइएको छ । 
 

ad
ad
ad
ad