
सिराहाको नवराजपुर गाउँपालिका– ३ फूलबरिया गाउँमा रहेको फूलबारी पोखरी भोगचलन हकदावीलाई लिएर स्थानीय र गाउँपालिकाबीच विवाद भएको छ । पालिकाले पोखरी ठेक्कामा लगाउन १ साउनमा टेन्डर आह्वान गरेसँगै पालिएका माछा खाली गर्न भन्दै पालिकाको टोली पोखरी पुगेपछि झडपको अवस्था नै निम्तियो।
तीन पुस्तादेखि आफूहरुले भोगचलन गर्दै आएको पोखरी गाउँपालिकाले खोसेको भन्दै स्थानीय विरोधमा उत्रिए । परिस्थिति नियन्त्रणमा लिन प्रहरीले ३६ राउण्ड अश्रुग्यास प्रहार गरेको थियो ।