१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ १२ मंगलबार
  • Saturday, 06 July, 2024
२o८o भदौ १२ मंगलबार १५:३६:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
विश्व डिजिटल संस्करण

खेलाडीलाई चुम्बन गर्ने अध्यक्षकी आमा भोक-हडतालमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ १२ मंगलबार १५:३६:oo

महिला विश्वकप च्याम्पियनलाई ओठमा चुम्बन गरेका कारण विवादमा तानिएका स्पेन फुटबल महासंघका अध्यक्ष लुइस रुबियाल्सकी आमाले भोक–हडताल थालेकी छिन्। अध्यक्ष रुबियाल्समाथि राजीनामा गर्न दबाब बढिरहेका वेला उनी छोराको बचाउमा भोक–हडतालमा उत्रिएकी हुन्। 

प्रशिक्षक रुबियाल्सले सहमतिमा ओठमा चुम्बन गरेको अभिव्यक्ति दिएपछि स्पेनी फुटबल महासंघका साथै अन्य क्षेत्रीय फुटबल निकायका नेताहरूले पनि उनको राजीनामा मागेका छन्।

महिला विश्वकप प्रतियोगिताको फाइनल खेलमा स्पेन विजयी भएपछि सिड्नीमा यही भदौ ३ गते आयोजित समारोहमा उनले खेलाडी जेनी हर्मोसालाई ओठमा चुम्बन गरेका थिए। 

प्रशिक्षक रुबियाल्सको अनुशासनहीन हर्कतबाट क्रुद्ध भएको अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले  उनलाई ९० दिनका निम्ति  निलम्बन गरेको छ भने  फिफा अनुशासन समितिले अनुसन्धान पनि थालेको छ। उनले सहमतिमा चुम्बन गरेको बताए पनि  खेलाडी जेनीले त्यसको प्रतिवाद गरेकी छिन्। 

स्पेनले पहिलोपटक महिला विश्वकप प्रतियोगितामा हासिल गरेको विश्वविजेताको यो उपलब्धिलाई  चुम्बन काण्डले ओझेलमा पारेको छ। विश्वकपअन्तर्गत अस्ट्रेलियाको सिड्नीमा भएको फाइनल खेलमा स्पेनले इंग्ल्यान्डलाई १–० गोलले पराजित गरेको थियो। 

चुम्बन काण्ड चर्किएपछि स्पेनको राष्ट्रिय टोलीका खेलाडीहरूले अध्यक्ष रुबियाल्सले राजीनामा नगरेसम्म मैदानमा नफर्कने घोषणा गरेका छन्। उनकी आमा एन्जेल्स बेजारले आफ्नो छोराले न्याय नपाएसम्म मोट्रिलको दक्षिणी सहरको गिर्जाघरमा भोक–हडताल जारी राख्ने सरकारी समाचार समिति इएफईलाई बताएकी छिन्। खेलाडी जेनीले सत्य नबोलेको आरोप पनि उनले लगाएकी छिन्। 

स्पेनका फुटबलसम्बद्ध अधिकारीहरूले चुम्बन काण्डले देशको प्रतिष्ठा विश्वभर बिग्रिएको बताउँदै रुबियाल्सले राजीनामा गर्नु श्रेयस्कर हुन बताएका छन्। सरकारी अधिकारीहरूले सहमतिमा चुम्बन नगरिएको भए उनीविरुद्ध यौन हिंसाको मुद्दा दायर गर्न अभियोजकको कार्यालयले जेनीलाई सुझाएका छन्। 

उनलाई मुद्दा दायर गर्न १५ दिनको अवधि दिइएको छ। खेलकुदसम्बन्धी विवाद निरुपण गर्ने निकायले रुबियाल्सलाई पदमुक्त गर्ने अपेक्षा सर्वसाधारणले गरेका छन्। रासस

ad
ad
ad
ad