१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार ११:o५:oo
Read Time : > 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

डाइटिङ गर्दा ख्याल गरौँ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:o५:oo

मानिसहरूले आफ्नो शरीरको तौल घटाउन विभिन्न मोडालिटी अपनाउँदै डाइटिङ (उपवास) गरिरहेका हुन्छन् । कसैले एक दिन खाने अर्को दिन नखाने, कसैले १६ घन्टा नखाने आठ घन्टा खाने, कसैले हप्तामा पाँच दिन खाने र दुई दिन उपवास गर्छन् । 

उपवासको नाममा यस्ता मोडालिटी अपनाउने र बीचमा छोड्ने गरेको पनि पाइन्छ । आफ्नो स्वास्थ्य अवस्थाबारे पर्याप्त जानकारी नलिई आफूखुसी उपवास बस्दा स्वास्थ्यमा नकारात्मक असर पुग्छ । 

हरेक मानिसलाई इनर्जीका लागि क्यालोरी आवश्यकता पर्छ । खानाले शरीरमा यसको परिपूर्ति गरिरहेको हुन्छ । व्यक्तिको उमेर समूह, महिला, पुरुष र उनीहरूको स्वास्थ्य अवस्थाअनुसार कति क्यालोरी आवश्यक पर्छ भन्ने निर्धारण हुन्छ । वयस्क मानिसलाई २२ देखि २३ सय क्यालोरी आवश्यक पर्छ । गर्भवती, स्तनपान गराइरहेका महिलालाई अझै बढी चाहिन्छ । 

समस्या 
आफ्नो स्वास्थ्य अवस्थालाई नहेरी जथाभावी उपवास बस्दा विभिन्न रोग लाग्ने, थकानको महसुस हुने, निद्रा नलाग्ने, इरिटेसन हुने, कब्जियतको समस्या हुने, टाउको दुख्ने, कामप्रति ध्यान नजाने, बेचैन हुने, वाकवाक लाग्ने, वान्ता हुनेलगायतका समस्या आउँछन् । यसले स्वास्थ्यमा दीर्घकालीन असर पनि गर्छ । जस्तो, कलेजोमा असर पुग्ने, डाइबेटिज हुने सम्भावना बढ्छ, कसैलाई खान मन नलाग्ने, कुनैवेला धेरै खाने हुन सक्छ । मानिसलाई शारीरिक तथा मानसिक रूपमा असर पर्ने हुन्छ । 

कस्तो सावधानी अपनाउने ?
उपवास बस्नुभन्दा पहिले विशेषज्ञसँगको परामर्श लिएर मात्र बस्नुपर्छ । फास्टिङको मोटालिटीअनुसार नियमिततामा ध्यान दिनुपर्छ । ६ महिना गर्ने र पछि छोड्ने गर्नुहुँदैन । उपवास बसेको समयमा केही नखाने र नबसेको समयमा धेरै खाने गर्नुहुँदैन । कति खाने भन्नेमा ध्यान दिने गर्नुपर्छ । उपवास बस्ने व्यक्तिले समय–समयमा सुगर, प्रेसर, मुटु, कलेजोलगायत स्वास्थ्य जाँच गर्नुपर्छ । १८ वर्ष नकटेका व्यक्तिले उपवास बस्नुहुँदैन । गर्भवती महिला, स्तनपान महिला डाइटिङमा बस्नु हुँदैन । गुगल, युटुबमा हेरेको भरमा मनलाग्दी उपवास गर्नुहुँदैन । चिकित्सकसँग सल्लाह लिएर गर्नुपर्छ । 

ad
ad