मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o भदौ १० आइतबार
  • Wednesday, 02 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o भदौ १० आइतबार १८:२o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सभापतिको बदला कोसीमा सघाउने सौदाबाजी राप्रपाले गरेको छैन : सिंह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ १० आइतबार १८:२o:oo

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले समिति सभापतिको बदला कोसी प्रदेशमा सत्तागठबन्धनलाई सघाउने सौदाबाजी नभएको बताएका छन्।

आइतबार पूर्वाधार विकास समितिको सभापतिमा उम्मेदवारी दिएसँगै उनले आफ्नो पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन अहिले विदेशमा रहेको र उनी आएपछि मात्रै यसबारेमा छलफल हुने बताए। अहिले भने सत्तागठबन्धनसँग कुनै पनि सौदाबाजी नभएको दाबी गरे।

‘राष्ट्रिय पार्टीलाई समेटेर समितिमा राखेको भए राम्रो म्यासेज जान्थ्यो। कोसी प्रदेशमा सत्तागठबन्धनलाई सहयोग गर्ने र यता समिति सभापति बन्ने भन्ने कुरा सरासर गलत हो,’ उनले भने, ‘हाम्रो पार्टीका अध्यक्ष विदेशमा हुनुहुन्छ, उहाँ भोलिसम्म आउनुहुनेछ। उहाँ नआईकन कुनै पार्टीसँग कम्परमाइज गरेका छैनौँ। हामीले वचन दिएका छैनाैँ।’

नेता सिंहले राष्ट्रिय स्वतन्त्र पार्टीलाई समिति सभापतिमा नसमेटेकोप्रति असन्तुष्टिसमेत जनाए। ‘हामीभन्दा कम ल्याउने त सभापतिमा अटेको छ भने यी ठूला पार्टीले रविजीको पार्टीलाई पनि दिनुपर्दथ्यो। सौताको छोरोजस्तो छुट्याउनु हुँदैन थियो,’ उनले भने।