१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ ८ शुक्रबार
  • Saturday, 21 September, 2024
नयाँ पत्रिका मकवानपुर
२o८o भदौ ८ शुक्रबार o७:५९:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

बागमती प्रदेशमा सार्वजनिक सवारीको भाडा वृद्धि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, मकवानपुर
नयाँ पत्रिका
२o८o भदौ ८ शुक्रबार o७:५९:oo

बागमती प्रदेश सरकारले काठमाडौं उपात्यकासहित प्रदेशका विभिन्न स्थानमा चल्ने सार्वजनिक सवारीसधानको भाडा वृद्धि गरेको छ । प्रदेश सरकारले बिहीबार प्रदेश राजपत्रमा सूचना जारी गर्दै प्रदेशभित्रका सार्वजनिक सवारीसाधनको भाडा समायोजन गरिएको जानकारी दिएको हो । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयका अनुसार वृद्धि भएको भाडा बिहीबारदेखि नै लागू भएको छ । 

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाभित्र चल्ने यात्रुवाहक सवारीसाधनको भाडा दर ८.३ प्रतिशतले वृद्धि गरिएको छ भने उपत्यकाबाहेकका स्थानमा चल्ने सवारीसाधनको भाडा दर ५.३१ प्रतिशतले वृद्धि गरिएको छ । जसअनुसार अब काठमाडौं उपत्यकामा पाँच किलोमिटरसम्मको न्यूनतम भाडादर एक रुपैयाँले बढेर १९ रुपैयाँ कायम भएको छ । 

यस्तै, १० किलोमिटरसम्मका लागि २६ रुपैयाँ, १५ किलोमिटरसम्मका लागि ३१ रुपैयाँ, २० किलोमिटरसम्मका लागि ३५ रुपैयाँ र २० किलोमिटरभन्दा माथिका लागि ४० रुपैयाँ भाडा कायम भएको छ । काठमाडौं उपत्यकाबाहिर प्रदेशका विभिन्न स्थानमा चल्ने मध्यम दूरीका यात्रुवाहक गाडीको साबिक भाडामा ५.३१ प्रतिशतले बढेको छ । यस्तै, पेट्रोलियम पदार्थबाट चल्ने ट्याक्सीको भाडादर ३.४४ प्रतिशत र मालवाहक सवारीसाधनको भाडादर प्रतिकिमि प्रतिटन ७.७७ प्रतिशतले वृद्धि भएको छ । पेट्रोलियम पदार्थको मूल्यमा घटबढ भएसँगै सवारीसाधनको भाडादर समायोजन गर्दै आएको छ ।