मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ ८ शुक्रबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o भदौ ८ शुक्रबार o६:१८:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

टुँडिखेलमा गौरा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o भदौ ८ शुक्रबार o६:१८:oo

सुदूरपश्चिम र कर्णालीबाट प्रतिनिधित्व गर्ने कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले नेता भीम रावल, परराष्ट्रमन्त्री एनपी साउद, कांग्रेस नेता रमेश लेखकलगायतसँगै प्रधानमन्त्री प्रचण्ड पनि देउडा गाउँदै नाचे

सुदूरपश्चिम र कर्णालीको पहाडी र कर्णालीमा मनाइने गौरापर्व पछिल्ला वर्षहरूमा काठमाडौंमा पनि मनाइन्छ । सुदूरपश्चिम र कर्णालीबाट आएर काठमाडौंमा बसेकाहरूले गौरापर्वका दिन टुँडिखेलमा देउडा गाउने र नाच्ने गर्छन् ।

यसपालि पनि मनाए । बिहीबार टुँडिखेलमा गौरा मनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि पुगे । सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले नेता भीम रावल, कांग्रेस नेता रमेश लेखक, परराष्ट्रमन्त्री एनपी साउदलगायतसँगै प्रचण्डले पनि देउडा गाउँदै नाचे । गौराका अवसरमा गोलबद्ध भई लोकभाकामा देउडा, धमारी र चैतका माध्यमबाट एक–अर्कामा दुःख, सुख बाँड्ने गरिन्छ । 

सुदूरपश्चिम र कर्णालीका पहाडी क्षेत्रमा उमा महेश्वरसहित दुबोको पूजा गरेर तीन दिनसम्म गौरा मनाइन्छ । भाद्र शुक्ल अष्टमीमा मनाइने गौरालाई उज्याली र कृष्णाष्टमीमा मनाइने गौरालाई अँध्यारी भनिन्छ । शक्ति र प्रकृतिका रूपमा शिव र पार्वतीको पूजा गरी पाँच प्रकारका अन्नबाट बनेको ‘बिरुँडा’लाई अर्पण गरेपछि प्रसादका रूपमा ग्रहण गरेर गौरा मनाउने प्रचलन छ । गौरापर्व मनाउँदा आत्मशान्तिसँगै मोक्ष प्राप्त हुने विश्वास जनमानसमा छ ।