मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८o भदौ ७ बिहीबार
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o भदौ ७ बिहीबार १५:४९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आइओईको शुल्क वृद्धिको निर्णय फिर्ता लिन सांसद पौडेलको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ ७ बिहीबार १५:४९:oo

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले इन्जिनियरिङ अध्ययन संस्थान (आइओई)मा गरेको शुल्क वृद्धिको निर्णय फिर्ता लिन माग गरेका छन्। बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले दुई सय प्रतिशत शुल्क वृद्धि अस्वाभाविक भएको बताए।

पौडेलले भने, ‘त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थान आन्दोलित छ। त्यहाँ झन्डै दुई सय प्रतिशत शुल्क वृद्धि गरिएको छ। इन्जिनियरिङ शिक्षामा गुणस्तरीयता कायम गरेको र सामान्य जनताको पहुँच हुने स्थितिमा सञ्चालन हुँदै आएको इन्जिनियरिङ अध्ययन संस्थानमा जुन ढंगबाट शुल्क वृद्धि गरिएको छ। त्यो अस्वाभाविक छ। तत्काल शुल्क वृद्धिको निर्णयलाई फिर्ता लिएर विद्यार्थीको मागलाई पूरा गरियोस्।’

सांसद पौडेलले त्रिभुवन विश्वविद्यालय भद्रगोल ढंगबाट चलिरहेको भन्दै त्यसलाई सुधार गर्न शिक्षा मन्त्रालयले श्वेतपत्र जारी गर्नुपर्ने माग राखे।