१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ ७ बिहीबार
  • Saturday, 28 September, 2024
निर्माणको ४० दिनमै ठाउँठाउँमा भासिनुका साथै भत्किएको कपिलवस्तु विजयनगर गाउँपालिका– २ को कालोपत्रे सडक ।  तस्बिर : नयाँ पत्रिका
डिलाराम भुसाल कपिलवस्तु
२o८o भदौ ७ बिहीबार ११:१३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सवा दुई करोडको कालोपत्रे सडक ४० दिनमै भासियो

Read Time : < 1 मिनेट
डिलाराम भुसाल, कपिलवस्तु
नयाँ पत्रिका
२o८o भदौ ७ बिहीबार ११:१३:oo

कपिलवस्तुको विजयनगर गाउँपालिका– २ विजयनगरको लालपुरदेखि कुकुरभुकुवा जोड्ने कालोपत्रे सडक निर्माणको ४० दिनमै भासिएको छ । विजयनगर गाउँपालिकाको दुई करोड १९ लाखमा १९ असारमा कालोपत्रे गरिएको २६ सय मिटर सडक ठाउँठाउँमा भासिएको हो । वर्षाले सडकको छेउतिरको कालोपत्रे भासिएको छ, बीचमा चिरा पर्न थालेको छ । 

स्थानीय गौतम यादवले आक्रोशित हुँदै भने, ‘कमसल सडक बन्नुमा गाउँपालिका पनि दोषी छ । प्राविधिकले किन हेरेनन् ?’ असारको अन्त्यमा बजेट सक्न गुणस्तरहीन सडक बनाइएकाले अहिले भत्किन थालेको स्थानीय सन्दीप यादवले गुनासो गरे । 

विजयनगर गाउँपालिका इन्जिनियर नवीन डुम्रेले छोटो समयमा नयाँ बेसमाथि राम्रोसँग माटो तथा गिटी फिलिङ नहुँदा साइड–साइडमा भासिएको बताए । विजयनगर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले असारको अन्तिममा बनेको सडक वर्षाले भत्किएको हुन सक्ने भन्दै तत्काल ठेकेदारलाई पत्र काटेर मर्मत गर्न अनुरोध गर्ने बताए । इजी कन्स्ट्रक्सन दाङले दुई करोड १९ लाखमा निर्माण गर्ने गरी १७ फागुन ०७९ मा ठेक्का लिए पनि असारमा आएर मात्र कालोपत्रे गरिएको थियो ।