१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार o७:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

अनेरास्ववियु अध्यक्षमा पन्त र लामाको दाबेदारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o७:२o:oo

एकीकृत समाजवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्ष पदबाट सुदेश पराजुली बिदा लिने भएपछि उपाध्यक्ष माधव पन्त र महासचिव आरती लामा नेतृत्वको आकांक्षी देखिएका छन् । पराजुलीले सोमबार विज्ञप्ति जारी गर्दै आफूले पदबाट बिदा लिने घोषणा गरेसँगै महाधिवेशन आयोजक कमिटी संयोजक बन्न पन्त र लामाले इच्छा देखाएका हुन् । 

पराजुलीलाई एकीकृत समाजवादीले केन्द्रीय सदस्य बनाउने भएपछि उनले विद्यार्थी संगठनको पद छाड्न लागेका हुन् । २९ साउनमा भएको केन्द्रीय पदाधिकारी बैठकले स्थायी कमिटीको बैठकको मिति तय गरेको थियो । पराजुलीले जारी गरेको विज्ञप्तिमा महाधिवेशन आयोजक कमिटी गठन गर्न ८ र ९ भदौको मिति तोकिएको छ ।

बैठकमा स्थायी कमिटी सदस्य सबैलाई उपस्थित हुन अनिवार्य गरिएको विज्ञप्तिमा उल्लेख छ । पन्त र लामामध्ये एकले अध्यक्षको जिम्मेवारी पाउनेछन् । अध्यक्षका आकांक्षी पन्त लामो समयदेखि मोफसलमा बसेर राजनीति गर्दै आइरहेका छन् । उनी संघर्ष गर्दै विद्यार्थी राजनीतिमा स्थापित भएका युवा हुन् । 

ad
ad