सशस्त्र प्रहरी बलमा ५६ जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी)मा र ८४ जना नायब उपरीक्षक (डिएसपी)मा बढुवा सिफारिस भएका छन्।
एसपीमा सि.सं.३ र डिएसपीमा सि.सं. ७ मा रहेका अधिकृतहरू बढुवा सिफारिस भएका हुन्। २०६० भाद्र २९ गते भर्ना भएका सि.सं. ३ इन्स्पेक्टर टोलीबाट यसअघि २९ जना एसपी भइसकेका छन् भने बाँकी रहेका सबै ५६ जना यसपटक बढुवा सिफारिस भएका हुन्।
यसैगरी, २०६४ सालको सि.सं. ७ बाट यसअघि ५६ जना डिएसपीमा बढुवा भइसकेको छन् भने आज बाँकी ८४ जना बढुवा सिफारिस भएका हुन्। यसैगरी, २०६६ मंसिर २१ गते भर्ना भएका सि.सं. ८ सशस्त्र प्रहरी निरीक्षकको टोलीबाट ११ जनासमेत डिएसपी भएका छन्।
योग्यता, कार्यक्षमता, तालिम, कार्यसम्पादन मूल्यांकनलाई आधार बनाएर बढुवा सिफारिस गरिएको सशस्त्र प्रहरीको भनाइ छ।