१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
प्रतिकात्मक तस्बिर
एजेन्सी बेइजिङ
२o८१ बैशाख २० बिहीबार १२:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

एकपटक काटेको गाँजबाट पुनः धान उत्पादन गर्न चीनलाई सफलता

Read Time : < 1 मिनेट
एजेन्सी, बेइजिङ
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १२:२७:oo

पूर्वी चीनको जियाङ्सी प्रान्तका किसान काटिएको धानको गाँजबाट पुनः धान फलाउन सफल भएका छन्। रेटुन विधि अपनाएर एकपटक रोपेको धानबाट दुईपटक उत्पादन गरिएको बताइएको हो।

किसानहरूले परम्परागत रूपमा ऊखु र केरामा यो विधि अपनाएको पाइएको छ। रेटुन विधि अपनाएर उत्पादनलाई दोब्बर बनाउन सकिने उनीहरूको भनाइ छ। विज्ञहरूका अनुसार रेटुन विधिले धान रोप्ने एउटा राम्रो मोडल तयार भएको छ। अब धान बाली पहिलो उत्पादन दिएर छोडिएको परालसहितको धानको गाँजबाट फेरि उम्रन सक्षम हुनेछ।

जियाङ्सी प्रान्तको पोयाङ काउन्टीमा परीक्षणका लागि लगाइएको धान एकपटक काटेपछि फेरि त्यसलाई उम्रन दिइएको थियो। माटोको बनावटअनुसार फरकफरक रूपमा छनोट गरिएको खेतमा विज्ञहरूले परीक्षण गरेका थिए।

पोयाङ काउन्टीका किसान सियाङ जोङयुले रेटुन विधिअनुसार रोपिएको धानले कृषकको समय र पैसा बचत गर्नुका साथै उत्पादन पनि दोब्बर भएको बताए। उनले भने, ‘रेटुन धान सिजनमा दुईपटक काट्न सकिन्छ, जसले कृषकहरूको समय र पैसाको बचत गर्छ।’

जियाङ्सी प्रान्तमा रेटुन विधिबाट धान रोप्ने क्षेत्रफल १ लाख ३४ हजार हेक्टर पुगेको बताइएको छ। प्रान्तीय कृषि विज्ञान प्रतिष्ठानका अनुसन्धानकर्ता शाओ काइहोङले प्रविधिको विकाससँगै यस विधिबाट लागाइएको बालीले समग्र अन्न उत्पादनमा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको बताए। सिन्ह्वा/न्युज एजेन्सी नेपाल

ad
ad