१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २२ शनिबार ११:३४:oo
Read Time : > 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

मर्निङ वाकमा निस्कँदा ध्यान दिनुस्

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार ११:३४:oo

मर्निङ वाक हाम्रो शरीरलाई स्फूर्त राख्नका लागि अति आवश्यक हुन्छ । दैनिक कम्तीमा ३० मिनेट मर्निङ वाक गर्‍यौँ भने शरीर तथा मस्तिष्क रिफ्रेस रहन्छ । मोटोपन, मुटुरोग, मधुमेह, फ्याटी लिभरजस्ता रोगलाई धेरै हदसम्म नियन्त्रणमा राख्न सकिन्छ । कडा शारीरिक व्यायाम गर्न नसक्ने मानिस पनि मर्निङ वाक गरेर स्वस्थ रहन सक्छन् । शरीरमा उत्साह र सकारात्मक परिवर्तन देखिन्छ । तर, मर्निङ वाक गर्दा केही कुरामा ध्यान दिन जरुरी छ । 

घाममा ननिस्कनुस् : मर्निङ वाक बिहानको समयमा गर्नुपर्छ । सूर्योदयभन्दा थोरै पहिले सुरु गर्‍यो भने राम्रो हुन्छ । अत्यधिक घाम चर्किएपछि मर्निङ वाकमा निस्कनु राम्रो मानिँदैन । किनकि, चर्को घामले गर्दा डिहाइड्रेसन हुन सक्छ । 

ड्रेसअप : मर्निङ वाक गर्दा ड्रेसअपमा पनि ध्यान दिनुपर्छ । सकेसम्म कटनको कपडा लगाउनुपर्छ । यसले शीतलता प्रदान गर्छ । धेरै बाक्लो लुगा लगाएर हिँड्दा चाँडै पसिना निस्कन्छ र स्वास्थ्यलाई फाइदा गर्छ भन्ने पनि कतिपयलाई लाग्छ । तर, यो राम्रो होइन । यसले शरीरलाई डिहाइड्रेट गर्छ । त्यसैगरी, आरामदायी स्पोर्टस् जुत्ता छनोट गर्नुपर्छ । 

एक घन्टाअघि पानी पिउने : कतिपयले हिँड्नुभन्दा एकैछिनअघि मात्रै पानी पिउँछन् । जो राम्रो होइन । पानी पिएलगत्तै हिँड्दा पेटमा समस्या देखिन सक्छ । दिसा लाग्लाजस्तो हुने, छिनछिनमा पिसाब आउने समस्या देखिन्छ । त्यो राम्रो होइन । मर्निङ वाक गर्नुभन्दा एक घन्टाअघि पानी पिउनु राम्रो हुन्छ । 

लामो समय नहिँड्ने : मर्निङ वाक गर्दा लामो समय हिँड्नुहुँदैन । कतिपय व्यक्ति एकै दिनमा दुई घन्टा तथा कैयौँ किलोमिटर हिँड्ने गर्छन् । तर, त्यसो गर्नुहँुदैन । हरेक दिन आधा घन्टा हिँडे पुग्छ । तर, नियमित हुनुपर्छ । ६ मिनेटमा कमसेकम ५ देखि ६ सय मिटर क्रस गर्ने गरी हिँड्नुपर्छ । यसलाई ब्रिस वाक पनि भनिन्छ । यसले मुटु, फोक्सो, हाड–जोर्नी, मांसपेशी सबैको अभ्यास हुन्छ । 

खानपानमा ध्यान दिने : मर्निङ वाकमा निस्कँदा कतिपयको खाएर निस्कने बानी हुन्छ । यदि खाएर निस्कने हो भने आधा घन्टाअघि नै खाइसक्नुपर्छ । कतिपयले चिया, कफी खाने गर्छन् । यसले पनि शरीरमा डिहाइड्रेसन हुन्छ । पिसाब बढी लागेर शरीरमा पानीको मात्रा कम भइदियो भने मिर्गाैलामा असर पर्न सक्छ । तसर्थ, मर्निङ वाक जानुअघि चिया, कफी पिउनुहुँदैन । मर्निङ वाकबाट आएलगत्तै पनि चिया, कफी पिउनु राम्रो मानिदैन । तर, जुस पिउन सकिन्छ । कागतीपानी पिउन सकिन्छ । यसले शरीरलाई रिफ्रेस गर्छ । मर्निङ वाकबाट आएपछि मैदाजन्य खानेकुरा खानुहुँदैन । यसले ग्यास्ट्रिक बढाउँछ । 

उकालोमा बिस्तारै हिँड्नुस् : उकालो–ओरालोमा बिस्तारै हिँड्नुपर्छ । यस्ता ठाउँमा छिटोछिटो हिँड्दा जोइन्टहरू बिग्रने सम्भावना हुन्छ । कतिपय मानिस ओरालोमा फटाफट हिँड्ने गर्छन् । यसरी हिँड्दा पछि गएर घुँडाको समस्या आउँछ । 

ad
ad