मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ ३ आइतबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o भदौ ३ आइतबार ११:१६:oo
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

महिलालाई सुहाउँछ यस्ता हेयर स्टाइल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o भदौ ३ आइतबार ११:१६:oo

महिलाले पहिरनअनुसार सुहाउँदो हेयर स्टाइल गर्नुपर्छ । स्ट्रेट हेयर स्टाइल, कर्ली हेयर, सेमी कर्ली हेयर स्टाइल प्रायः चल्ने गरेको छ । कतिपयले कपाल लामो र खुला राख्छन् । कतिपयले लामो कपाल बाँध्न रुचाउँछन् । कतिपयले मध्यम तथा छोटा स्टाइल मन पराउँछन् ।

कामकाजी महिलाहरू फर्मल ड्रेसमा जानुपर्ने हुन्छ । उनीहरूले कपाल छोड्दाभन्दा जुरो बनाउँदा नै राम्रो देखिन्छ । यदि महिलालाई औपचारिक पार्टीमा जानु छ भने साडी–ब्लाउजमा कपाल खुला छाडेको राम्रो देखिन्छ । पछिल्लो समय कपाललाई केराटिन गरेर स्ट्रेट बनाउने, अनि खुला छाड्ने फेसन चलेको छ । 

कुर्था–सुरुवालमा खुला कपाल सुहाउँछ भने पेन्सिल स्कर्टमा अफिसियल शैलीको जुरो सुहाउँछ । आफ्नो पहिरनअनुसारको विभिन्न जुरो बनाउँदा पनि महिलाको व्यक्तित्व खुल्ने गर्दछ । 

पूजा, विभिन्न धर्मिक समारोह, तिजलगायतका चाडपर्व आदिमा कपाल बाटेको हेयर स्टाइल राम्रो हुन्छ । हिजोआज विभिन्न रसायनयुक्त रङको प्रयोगले गर्दा कपाल छोटो हुने, झर्ने क्रम बढेको छ । जसकारण ४० कटेका महिलाले कपाल छोटो राख्ने चलन पनि बढ्दो छ ।

युवतीका लागि हेयर स्टाइल 
तन्नेरी पुस्ताका युवतीले प्रायः खुला शैलीको हेयर स्टाइल नै बढी रुचाउने गरेका छन् । केराटिन ट्रिटमेन्ट गरेर उनीहरूले कपाल खुला राख्न रुचाउँछन् । कपाललाई मिडियम साइजमा काटेर त्यसको केही भाग मात्र हाइलाइट गर्ने तथा तलको भाग मात्र रंग्याउने फेसन निकै चलेको छ ।

युवतीहरूले पनि विभिन्न सेमिनार, अफिसियल कामकाज, खेलकुदमा सहभागी हुँदा जुरो बनाउनु नै राम्रो देखिन्छ । हेयर स्टाइलका लागि ड्रेस र मेकअपको संयोजन पनि त्यत्तिकै महत्वपूर्ण हुन्छ ।