१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ ३ आइतबार
  • Saturday, 06 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o भदौ ३ आइतबार o८:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
खेलकुद प्रिन्ट संस्करण

कप्तान एन्जिलाको नाममा ली निङको टिसर्ट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ ३ आइतबार o८:२२:oo

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एन्जिला तुम्बाप्पो सुब्बाको नाममा ली निङ स्पोर्टस् ब्रान्डले टिसर्ट बनाएको छ । शनिबार दरबारमार्गस्थित आफ्नो आउटलेट खोल्दै नेपालका लागि ली निङको आधिकारिक विक्रेता चाइना ट्रेड लिंक कम्पनी प्रालिले एन्जिलाको नाममा तयार पारिएको विभिन्न चार रङको पोलो टिसर्ट सार्वजनिक गरेको हो । 

आफ्नो ब्रान्ड एम्बासडर एन्जिलाको नाममा विभिन्न चार रङको (एटिएस १६) पोलो टिसर्ट तयार पारेको हो । कार्यक्रममा बोल्दै गोलरक्षक एन्जिलाले भनिन्, ‘खेलाडीका लागि आफ्नै नामको टिसर्ट तयार हुनु विशेष हुन्छ । म भाग्यमानी रहेछु । यसले खेलमा अझै राम्रो गर्न प्रोत्साहन मिल्छ,’ एन्जिलाले भनिन् । ली निङले एन्जिलालाई दुई वर्षका लािग ब्रान्ड एम्बासडर नियुक्त गरेको हो । नेपाली खेलाडीको नाममा कुनै पनि ब्रान्डले टिसर्ट नै बनाएको यो पहिलोपटक हो । 

कार्यक्रममा राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान तथा अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष उपेन्द्रमान सिंह, नेपाल बास्केटबल संघका कार्यवाहक अध्यक्ष भीमसिंह गुरुङ, महिला राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जन र पूर्वराष्ट्रिय खेलाडी प्रदीप महर्जनसहित राष्ट्रिय महिला टोलीका २१ खेलाडीको उपस्थिति थियो ।

चाइना ट्रेड कम्पनीका अध्यक्ष राजन महर्जनले विश्वमा खेलाडीको नाममा पाँचजनाको मात्र टिसर्ट तयार पारेको र एन्जिला पाँचौँ खेलाडी रहेको बताए । यसैगरी, एन्जिलाको बारेमा निर्माण गर्ने घोषणा भएको फिल्म ‘अन्जिला’मा पनि ली निङकै खेल पोसाक प्रयोग गरिने महर्जनले बताएका छन् । शनिबारै एन्जिला र पूर्वकप्तान सिंहले दरबारमार्गस्थित दरबार मलमा ली निङको नयाँ सोरुमको औपचारिक उद्घाटन गरेका छन् । 

ad
ad
ad
ad