१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १५:२८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

देशको विकास र समृद्धिमा ऊर्जा क्षेत्रबाट योगदान दिन्छौँ : मन्त्री बस्नेत 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १५:२८:oo

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले देशको विकास र समृद्धिका लागि ऊर्जा क्षेत्रबाट योगदान दिने लक्ष्यसहित काम गरिरहेको बताएका छन्। 

शुक्रबार नेपाल विद्युत् प्राधिकरणको ३८औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले अब ऊर्जाको विषय सामान्य पूर्वाधार र उज्यालोसँग मात्रै सम्बन्धित नभएको बताए। 

ऊर्जालाई देशको विकास र समृद्धिका लागि प्रयोग गर्ने अभियानका साथ अगाडि बढेको बताउँदै मन्त्री बस्नेतले ऊर्जा केवल घरायसी प्रयोजनका लागि मात्रै नभई देशको अर्थतन्त्रलाई चलायमान बनाउने गरी प्रयोग गरिने दाबी गरे। 

विद्युत् निर्यात गरेर आर्थिक समृद्धि हासिल गर्न सकिने धारणा राख्दै उनले कृषि, पर्यटन, औद्योगीकरण र समग्र अर्थतन्त्रको विकासका लागि ऊर्जा भन्ने एजेन्डालाई गम्भीरताका साथ उठाएको बताए।  मन्त्री बस्नेतले ऊर्जा विकासको समग्र रणनीतिको १० वर्षे रोडम्याप बनाउने र सोहीअनुसार काम गर्ने पनि बताए। 

ad
ad